Powered by Blogger.
बामगठबन्धन मकवानपुरको प्रतिबद्धता पत्रमा चर्चको संरक्षण गर्ने देखि राजधानी बनाउन पहल गर्ने सम्म

हेटौंडा, १ मंसिर / नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजानिक गरीएको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओबादि केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले नेकपा एमालेको पार्टि कार्यालयमा संयुक्तरुपमा सार्बजानिक गरेका हुन् ।
बामगठबन्धनले प्रदेश स्तरमा ८ वटा तथा जिल्ला स्तरमा ३२ वटा बिभिन्न बिकास निर्माणका तथा अन्य महत्वपुर्ण कार्य गर्ने गरी प्रतिबद्धता पत्र सार्बजानिक गरीएको छ । जिल्ला स्तरमा हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौंडा–धरान–चतरा लोकमार्ग निर्धारीत समयमा नै सम्पन्न गराउन सरकार तथा ठेकेदार कम्पनीलाई दबाब दिई गर्न लगाउने, २५ मिटर सडक सन्दर्भमा मुआब्जा दिएर मात्र बिस्तार गराउने कुरा दृढ रहने र मुख्य बाटो बजार भन्दा पनि बैकल्पिक मार्ग निर्माण गर्ने, हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ मार्गलाई स्तरीकरण गरी नेपाल सरकारको लगानीमा भिमफेदी र कुलेखानी जोड्न पहल गर्ने, फापरबारी–राईगाउँ–क्याण्टिन सडक निर्माण सम्पन्न गराउने, हेटौंडा १९ बस्तीपुरबाट मनहरी ३, भुन्दु्रङ जोड्ने र हेटौंडा ११ नबलपुरबाट हेटौंडा १२ गुरौबिर्ता जोड्न राप्तीमा पक्की पुल निर्माण गर्ने, बसामाडि–लेबट–बस्तीपुर–नेवारपानी चक्रपथ निर्माण गरीने योजना अगाडि सारीएको छ ।
 हेटौंडा ६ मा रहेको रंगशालालाई केन्द्रिय खेलकुद बिश्वबिद्यालयको रुपमा स्थापित गरीने, प्रदेश स्तरीय मेडिकल कलेज, ईञ्जिनियरीङ कलेज तथा प्राविधिक शिक्षालय स्थापनामा जोड दिने, नेकपा एमालेको नेतृत्व सरकारको निर्णयमा औद्यागिक क्षेत्र स्थापना गर्ने योजना अनुरुप हेटौंडा १४ मयुरधापमा बिस्तारीत औद्यागिक क्षेत्रलाई पुर्बाधार निर्माण गरी स्थापना कार्यलाई तिब्रता दिने, हेटौंडा देखी बुधुने फास्ट ट्रयाक जोड्ने लिंक रोड निर्माण कार्य अगाडि बढाउनेलगायतका योजनाहरु बमगठबन्धनले अगाडि सारेको छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको सर्ब वडा जोड्ने चक्रपथ निर्माण गर्ने, सबै गाउँपालिका सदरमुकामबाट वडाहरुमा जोड्ने सडक सञ्जाल स्तरीकरण गरीने, हेटौंडा, भिमफेदी, इन्द्र सरोबर र थाहा बिच पर्यटन बिस्तारको गुरुयोजना तयार गरी सोहि अनुरुप अगाडि बढाइने, मकवानपुरका मकवानपुरगढी दरबार, चिसापानी गढि, चित्लाङको अशोककालिन चैत्य संरक्षण तथा बिकासका लागि जोड दिने, जिल्लाका धार्मीक पर्यटकिय स्थलहरु चुरीयामाई, भुटनदेबी, मनकामना, ऋषेश्वर, स्यार्सेकालिका, ईन्द्रायणी, बाराही, कुष्माण्ड सरोबर त्रिबेणी धाम, पाथिभरा, दक्षिणकाली, भालेश्वर, भुबनेश्नवर, रुद्रेश्वर, वनस्खण्डी, पुण्यक्षेत्र, बंशगोपाल, लक्ष्मीनारायण र कृष्ण प्रणामी मन्दिर, हेटौंडा १६ र १७ मा रहेका राजदेबी, गुप्तेश्वरी, शक्तेश्वर तथा जुरेथुमलगायतका धार्मीक तथा पर्यटकिय महत्वका स्थलहरु, जिल्लाका बौद्ध गुम्बा, मस्जीद, चर्च, मुर्तीकला बगैचा को संरक्षण र बिकासमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख गरीएको छ ।
त्यस्तै सार्बजानिक जमिनको संरक्षण, जमिन खण्डिकरणमा नियमन तथा नियन्त्रण, उत्पादनशील भुमीमा संरचना निर्माण कार्यमा नियमन तथा नियन्त्रण गर्दै चुरे क्षेत्रको संरक्षणको लागि बस्ती स्थान्तरण कार्यलाई अगाडि बढाईने, बागमती, कर्रा, राप्ती, सामरी, मनहरी, लोथर, बकैया, सिमात, चौरा, चिरुवा, कुखरेनी लगायतका नदी, खोला, खहरेहरुलाई आबश्यक गुरु योजना तयार गरी तटबन्धन, नियन्त्रण गरी खेती योग्य जमिनहरुमा सिंचाईको ब्यबस्था मिलाई बिबिध जल उपयोग निति अबलम्बन गरीने, सिमसार क्षेत्रको संरक्षण, झोराको नियन्त्रण तथा ब्यबस्थापन, पदमपोखरी र हटिया क्षेत्रमा जग्गा बिकास गरी आधुनिक सुबिधा सम्पन्न आबास क्षेत्र निर्माण गरीने, हेटौंडा–गढि मनकामना मन्दिर सम्म केबुलकार निर्माण अगाडि बढाउने, हेटौंडा अस्पताललाई प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नती गराई सुबिधा सम्पन्न बनाउने कार्यलाई पनि प्राथामिकतामा राखिएको छ ।
 हेटौंडाको फ्रेष्ट्रि क्याम्पसको १६५ हेक्टरको जंगल र भुटनदेबी सामुदायिक बन उपभोक्ता समुहको जंगललाई संरक्षण तथा पर्यटकिय गन्तब्य बनाउन जैबिक बिबिधता संरक्षण केन्द्र स्थापनाको लागि सम्बन्धित निकायसँग समन्वय गरी निर्माण प्रारम्भ गर्ने, बिद्युत नपुगेका क्षेत्रमा बिद्युतीकरण गरीने, जिल्लालाई सडक मानब मुक्त जिल्लाको रुपमा बिकास गरीने, जिल्ला बासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन अधुरा योजना सम््पन्न गराउँदै नयाँ योजना अभियानका रुपमा अगाडि लैजाने, केन्द्र तथा प्रदेश तहसँग समन्वय गरी वाग्मती नदि प्रदुषण नियन्त्रण कार्यलाई अगाडि बढाउने र महिलाहरुलाई हिंसा मुक्त बनाई आय आर्जन तर्फ र ससक्तिकरण कार्यक्रमलाई अगाडि बढाउनेलगायतका कार्यहरु गरीने प्रतिबद्धता पत्रमा जानकारी गराइएको छ ।
यता प्रदेशस्तरमा भण्डारा–काँकडा–खैराङ जोड्ने मोटरबाटो निर्माण, हेटौंडाबाट ललितपुर, काभ्रे र सिन्धुली जिल्लासँग जोड्ने सडक सञ्जाल निर्माण गर्ने, काठमाडौं– चित्लाङ र काठमाण्डौ–फाखेल सडकलाई स्तरीकरण गरी मकवानपुरको कृषि उत्पादनलाई काठमाडौं पुर्याउन सहज बनाउने, पर्या पर्यटन बिकास तथा बिस्तारका लागि काठमाण्डौ–चितवन–मकवापुर–पर्सा बन्यजन्तु निकुञ्जसम्मको सडक सञ्जाल निर्माण गर्ने, चन्द्रनिगाहपुर–गंैडाटार–फापरबारीहुँदै ललितपुर जोड्ने सडक, फापरबारी–भरतगञ्ज–निजगढ, धियाँल–निजगढ निर्माण गर्ने, मनहरीदेखि चितवनको पहाडि भाग र धादिङको पृथ्बी राजमार्ग जोडिने गरी चेपाङ मार्ग निर्माण गरीने प्रतिबद्धता पत्रमा जनाइएको छ ।
प्रतिबद्धता पत्र सार्बजानिक कार्यक्रम पछि पत्रकारहरुको जिज्ञासाको सुझाब समेत लिइएको थियो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमाले मकवानपुरका अध्यक्ष एबम् बामगठबन्धनका निर्बाचन परीचालन संयोजक मुनु सिग्देल, सहसंयोजक बलराम बल, क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, पुर्ब साँसद सुबासचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उमप्रमुख भगवती पुडासैन, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईलगायत सहभागि थिए ।

0 comments

Write Down Your Responses