Powered by Blogger.
शिक्षकहरुको लागि आईसिटिले ल्यायो नयाँ योजना

मकवानपुर , निजि विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुकलाई आईसिटि इन एजुकेसन नेपालले ल्यापटप खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने भएको छ । मकवानपुरका हरेक  निजि तथा सामुदायिक विद्यालयहरु स्मार्ट स्कुल बनाउने अभिप्रयले मुक्तिनाथ वैँक , गरिमा विकास वैँक र आईसिटि इन एजुकेसन नेपालसंग भएको सम्झौता अनुरुप जिल्लाका निजि विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुले ल्यापटप खरिद गर्नको लागि कर्जा लिन पाउनेछन ।

कर्जा रकम कम्तीमा ३० हजार देखि ल्यापटप खरिद मुुल्यको अधिकत्तम ८० प्रतिशत सम्म हुने आईसिटि इन एजुकेसन नेपाल हेटौडाका प्रवन्ध निर्देशक सुनिल राउतले जानकारी दिए । कर्जा अबधि अधिकत्तम २ वर्ष रहनेछ । 

कर्जा लिनको लागि निवेदकको नागरिकताको फोटो कपि, धनजमानीको नागरिकताको फोटोकपी, सम्बन्धीत स्कुल तथा निकायले गरेको तलव भत्ताको कागजात र स्कुलको सिफारिस, अन्य आम्दानी भए सोको प्रमाणित कागजात, खरिद गर्न चाहेको ल्यापटपको नाम, विवरण तथा मुल्य सहितको कोटेशन  आवश्यक पर्ने संस्थाले जनाएको छ । 

विगतमा यस संस्थाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याउने अभिप्रयले सामुदायिक विद्यालयका शिक्षकहरुलाई मात्र कर्जा रमम प्रदान गर्दै आइरहेको थियो भने अबका दिन देखि मकवानपुर जिल्लाका निजि विद्यालयहरुलाई ल्यापटप खरिदको लागि कर्जा रकम उपलब्ध गराउने आईसिटि इन एजुकेसन नेपालका प्रमुख कार्यकारी अधिकृत मोहन राउतले बताए । 

0 comments

Write Down Your Responses