Powered by Blogger.
पत्रकारलाई चेतावनी : म मुख्यमन्त्री भएँभने कारवाही गर्छु - ईन्द्रबहादुर बानियाँ

मुख्यमन्त्री भएपछि सबैलाई कानुनी दायरामा ल्याउँछु–ईन्द्रबहादुर बानियाँ

Related imageमकवानपुर, ७ मंसिर । पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार  ईन्द्रबहादुर बानियाँले आफु प्रदेश नम्बर ३ को मुख्यमन्त्री बनेपछि गलत काम गर्ने सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।
स्टेट भिजन प्रा.लि.द्वारा संचालित तु खबर डटकमको आयोजनामा बिहीबार हेटौँडामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै बानियाँले आफुलाई पार्टीले मुख्यमन्त्रीको प्रस्ताव गरेको र आफु सफल भएमा गलत कार्य गर्नेहरुलाई कारवाही नगरी नछोड्ने बताएका हुन् । उनले मकवानपुरे मिडिया र पत्रकालाई सचेत पार्दै गलत समाचार लेख्नेलाई पनि कारवाही हुने बताए । ‘मकवानपुरे मिडियालाई म भन्न चाहान्छु, पत्रकारभित्र पनि कुरालाई तोडमोड गर्ने, सुरक्षा निकायले दिएको सूचनालाई पनि तोडमोड गरेर घामट समाचार लेख्ने र गलत ढङ्गले व्याख्या गर्ने पत्रकारहरु पनि छन् । भोलि म मुख्यमन्त्री भएँ भने गलत गर्नेलाई कारवाही गर्छु । कसैलाई छोड्दिन ’, उनले भने । पत्रकार निष्पक्ष हुनुपर्ने बताउँदै उनले पत्रकारले कसैको पक्ष विपक्ष लिन नहुने बताए ।
२०७० को चुनावमा जनताले जिताएपछि हर्नामाडी–हटियाको बाटोलाई समेत छुट्टै टेण्डर ल्याएर बाटो निर्माण थालेको बताए । फापरबारीमा बजार तथा जमिन संरक्षण गर्ने प्रतिबद्धत्ता अनुसार कार्य गरिएको उनले बताए । साथै क्षेत्र नम्बर १ को जनताको विश्वास अनुसार कार्य गर्दै अब क्षेत्र नम्बर २ मा पनि केही गर्नुपर्छ भन्ने चाहाना र पार्टीको निर्देशन अनुसार आफु उम्मेदवार भएको बताए । क्षेत्र नम्बर २ मा भएका विभिन्न समस्याहरुका बारेमा चर्चा गर्दै उनले त्यहाँ पनि कृषि तथा बाटो निर्माणका साथ अगाडि बढ्ने बताए । कृषि बेल्ट तथा पर्यटकीय क्षेत्र बनाउनुका साथै विभिन्न योजनाहरुको समेत सफल कार्यन्वयनका लागि उनको जोड रहने बताए ।
उनले लोकतान्त्रिक गठबन्धनले जितेमा हेटौँडा नै प्रदेश नम्बर ३ को स्थायी राजधानी बन्ने बताए । कार्यक्रममा उनले हेटौँडालाई प्रदेश राजधानी बन्ने उपयुक्त कारणहरु समेत प्रस्तुत गरेका छन् ।
वाम गठबन्धनको दुई तिहाई हल्लामात्र हो, वाम गठबन्धनले तराईमा १० सिट नि जित्दैन
कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनले दुई तिहाई ल्याउने कुरा हल्ला मात्र भएको बताए । साथै तराई क्षेत्रमा १० सिट जित्न पनि वाम गठबन्धनलाई चुनौती भएको उनले बताए । पहाड तथा हिमालमा धेरै ठाउँमा काँग्रेसले नै जित्ने उनले दाबी गरे ।

म ठेक्कदार हो, तर समाज र जीवन चलाउने ठेक्दार हो
मिडियामा आएका गलत समाचारहरुका बारेमा प्रतिकृया दिँदै उनले आफु देश र समाजलाई विकास गर्ने ठेकदार भएको बताए । ‘उनीहरुले ठेकदार भन्छन् भने हो म ठेकदार हो तर म जीवन चलाउने र समाज विकास गर्ने ठेकदार हो ।’ उनले आफ्नो विषयमा हेटौँडाका केही मिडियाले गलत समाचार लेखेको भन्दै त्यसको विरोध गरेका छन् । साथै उनले समाजसेवा र देश विकासको लागि लागेको बताए । साथै त्यस्ता गलत समाचार लेख्नेलाई उनले कुनै हालतमा नछोड्ने बताएका छन् । तथ्य नभएको कुरालाई समाचार नबनाउन पनि उनले आग्रह गरे ।
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै बानियाँले प्रदेश २ मा वाम गठबन्धनको भन्दा ६ हजार मत कम भएको भएता पनि उनले वाम गठबन्धनलाई चुनौति दिँदै आफु जीत्ने अवस्थामा पुगीसकेको बताए । जनताले समेत तपाईले २ नम्बरलाई माया मार्नुभयो भन्दै फोन गरेको र गुनासो गरेको भन्दै उनले आफु त्यहाँको जनताको लागि गएको बताए । साथै आफु भागेर नभई पार्टीको जिल्ला सभापति भएको आधारमा सो क्षेत्रमा विकासका लागि र सहयोगका लागि गएको बताए । ‘मकवानपुरमा जनतालाई आस र त्रास बाँड्ने, भ्रमको अन्त्य गर्न म गाको हो ।, ’ उनले भने ।
‘वाम गठबन्धन जनतालाई दुःखी बनाउने पार्टी हो’

उनले कम्यूनिष्टको प्रतिबद्धत्तामा सो क्षेत्रमा दलित, चेपाङ तथा जनजातिको कुरा नभएको भन्दै उनीहरु गरिबको कुरा गरेर गरिबलाई अझै गरिब बनाउने र आफु खुशी भएर जनतालाई दुःखी बनाउने पार्टी भएको दाबी गरे । ‘आसैआस देखाई रहने,जीवनमा केही नदिने र त्रास देखाई रहने पार्टीका बारेमा म केही भन्न चाहान्न’ उनले भने । झुटो कुरा गर्ने कम्यूनिष्ट पार्टीलाई जनताले पनि चिनिसकेको र उनीहरुसँग नजिक भएका पत्रकारलाई पनि जनताले चिनिसकेको बताउँदै त्यस्ता पत्रकारबाट जनताहरु वाक्क दिक्क भएको बताए ।
पत्रकारले उठाएको विकास निर्माण तथा योजनाहरुको ढिलाईको बारेमा गरिएको प्रश्नमा उनले विभिन्न गलत हल्ला गरेर यथार्थलाई मोड्न खोजेको बताए । र बन्न नसकेका कारणहरु स्पष्ट पारे । साथै ती योजनाहरुलाई तिनै योजनाका अनुसार पुरा गर्ने पनि प्रतिबद्धत्ता जाहेर गरे ।

0 comments

Write Down Your Responses