Powered by Blogger.
काँडाघारीको टोल भेलामा वरिष्ठ नेता नेपाल, टोलवाशी भन्छन्, ‘उहाँ जस्तो उमेद्वार पाउनु नै गौरव’


काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको साथ र सद्भाव रहेसम्म आफु देश निर्माण र जनताको समृद्धिको लागि सदैब लागिरहने बताउनु भएको छ । 

मंगलबार कागेश्वरी मनहरा स्थित सृजना टोलमा भएको टोल भेलामा उहाँले सो प्रतिवद्धता जनाउनु भएको हो । नेता नेपालले टोल सुधार समितिद्धारा आयोजित कार्यक्रममा आँट र अठोटका साथ प्रस्तु हुनेले गर्न नसक्ने भन्ने कुरै नआउने बताउँदै आफुले त्यो आँट र साहस बोकेर जनताको बीचमा आएको बताउनुभयो । 

काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधीसभाका उमेद्वार समेत रहनु भएका नेता नेपालले संभव नभएको भनिएको काठमाडौंदेखि तराई जोड्ने द्रुत मार्ग शिलान्यास भएको, कागेश्वरी मनहरा क्षेत्रका विकासको लागि विगतमा पनि लागेको र भविश्यमा पनि लागिरहने प्रतिवद्धता जनाउनु भयो । 

कार्यक्रममा टोलका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै उहाँले स्थानीय चुनाव सफलताका लागि बधाइ दिँदै आफुले राजेको जनप्रतिनिधी जिताएपछि अब उनीहरुबाट अत्याधिक काम लिनुपर्ने धारणा राख्नुभयो । 

कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, वडा अध्यक्ष कुन्दन खड्का लगायतलाई साछी राखेर वरिष्ठ नेपालले आफ्नो यो क्षेत्रसंग सामिप्यता, भावनात्मक सम्वन्ध , पारिवारिक नाता रहेको भन्दै पुनः स्थानीय बासिन्दाले सुर्य चिन्हमा मतदान गरेर आफुलाई माया गर्न आग्रह गर्नुभयो ।



टोल सुधार समितका अध्यक्ष तारा  पराजुलीको सभापतित्वमा भएको भेलामा उपाध्यक्ष कमल भट्टराईले टोलका समस्याहरुवारे अवगत गराएका थिए । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाँइ, नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला अध्यक्ष शन्तराम बिडारी लगायत अन्य व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रम सञ्चालन गर्दै वरिष्ठ पत्रकार तथा ग्रेटर नेपाल साप्ताहिकका सम्पादक तेजेन्द्र प्रसाँइले राष्ट्रिय हाइट भएको उहाँजस्तो व्यक्ति उमेद्वारका रुपमा टोलले पाउनु गौरवको कुरा बताउँदै उहाँको विजयका लागि आफुहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।





0 comments

Write Down Your Responses