Powered by Blogger.
संयुक्त बृहत् शिक्षक भेला सम्पन्न

मकवानपुर  /  नेपाल राष्ट्रिय शिक्षक संगठन एबम् एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन द्वारा गठीत प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गत प्रदेश नं २ ख को संयुक्त बृहत् शिक्षक भेला आज श्री राष्ट्रिय रोटरी मावि मनहरिको सभाहलमा सम्मपन्न भएको छ ।
शिक्षकहरुको पेशागत संस्थाका कम्यूनिष्ट  घटकको  संयुक्त शिक्षक समितिको पहिलो बैठकको निर्णय बमोजिम  बृहत् शिक्षक भेला आयोजना गरिएको संयुक्त शिक्षक संयोजन समितिका संयोजक श्रीराम दहालले जानकारी दिनुभयो ।
शिक्षक संयोजन समितिका संयोजक सुर्य मोक्तानको संयोजकत्वमा भएको कार्यक्रममा शिक्षक संयोजन मूल समितिका सदस्य केशव शर्माले प्रदेसस्तरिय शिक्षकहरुको यस्तो भेला  संघिय तथा प्रदेश सभाको चुनावी पूर्विन्ध्यामा पहिलो भएकोले यसलाई  ऐतिहासिक भेलाको नाम दिईएको बताउनुभएको छ । कार्यक्रममा नेपाललाई स्थायी सरकार प्रदान गरि विकासको गतिलाई अग्रदिशामा लैजानका निम्ति शिक्षकहरुको भूमिका बारे केन्द्रित रहेको शिक्षक संयोजन मूल समितिका सदस्य किशोर बर्तौलाले  बताउनुभयो ।

एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय सदस्य शम्भू लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले ३ नं प्रदेश कमिटि सदस्य एकराज उप्रेती,शिक्षक संगठन मकवानपुर उपाध्यक्ष किशोर बर्तौला, शिक्षक नेता गोकुल लम्साल, केशव शर्मा लगायतकाको उपस्थिति रहेको थियो । करिव २५० जनाको सहभागिता रहेको कार्यक्रम शिक्षक गोविन्द पौडेलले सञ्चालन गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses