Powered by Blogger.
परिवार दलका अध्यक्ष ढकाल एमालेको समानुपातिक सुंचीको प्राथमिकतामा


काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाल प्रतिनिधि सभाको निर्बाचनमा नेकपा एमालेको समानुपातिक सुंचीको उच्च प्राथमिकतामा परेका छन् । 

एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरुपछि अध्यक्ष ढकाललाई समाबेश गरको हो । 

राष्ट्रवादी र विकास मैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने नेपाल परिवार दलको नीति अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७४ मा सो दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर नेकपा एमालेसंग चुनाबी गठबन्धनको लागि तिन बुदे सहमति असोज २० गते गरेको थियो ।


सोही सहमति अनुसार ढकाललाई उच्च प्राथमिकतामा राखेको एमाले स्रोतले जानकारी दिएको छ ।  परिवार दलले प्रतिनिधि सभामा दुइ र प्रत्येक प्रदेशमा एक–एक जना उम्मेदवारी पाउनु पर्ने माग एमालेसंग गरेको थियो ।

प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आश्वासन एमालले दिएको बताइएको छ ।  

नेपालको राजनीतिमा सबै दलहरु संग सुमधुर सम्बन्ध स्थापित गर्न सफल परिवार दलको विश्व स्तरमा पनि राम्रो सम्पर्क रहेको मानिन्छ । बहुमतको सरकार निर्माण गरि मुलुकमा  स्थायित्व, आर्थिक संमृद्धि र सामाजिक सद्भाव हासिल गर्न एमालेसंग सहकार्य गरेको अध्यक्ष ढकालले बताए ।

‘परिवार दलको आब्हान, सुर्यमा मतदान’ भनेर निर्बाचनमा सहभागी हुने सो दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको सात वटै प्रदेश र सबै जिल्लामा संगठन रहेको बताइन्छ । 

0 comments

Write Down Your Responses