Powered by Blogger.
वाम गठवन्धनद्धारा हेटौंडामा उमेद्वारी दर्ता


मकवानपुर । आगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि संयुक्त वाम गठबन्धनका उमेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । 

बिहिबार जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा उम्मेद्वार कृष्णप्रसाद दाहाल र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्वार बिरोध खतिवडाले उम्मेद्वारी दर्ता गराएका हुन् । 

त्यसैगरि गठबन्धनकै तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, (ख) बाट एमालेका डोरमणी पौडेलले पनि उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट माओवादी केन्द्रका कुमारी मोक्तान तथा (ख)बाट एमालेका राजाराम स्याङ्तानले उम्मेद्वारी दर्ता गराएका छन् । 

हेटौँडाको भुटनदेबी उच्च मावि परिषरबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भागहरु परिक्रमा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर दर्ता गराएको हो । 

त्यसपछि उक्त जुलुस पार्टी कार्यालय पुगेर समापन भएको थियो । उमेद्वारी दर्ता गर्दै वाम गठवन्धनका उमेद्वारहरुले अब मकवानपुरमा अन्य पार्टीहरुको जमानत जोगाउन गाह्रो पर्ने बताए । 


0 comments

Write Down Your Responses