Powered by Blogger.
मकवानपुरमा वाम गठवन्धनका उमेद्वार तय, आजै विशाल ¥याली सहित उमेद्वारी दर्ताको तयारी


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठवन्धनबाट मकवानपुर जिल्लामा उमेद्वारी तय भएको छ । 

क्षेत्रगत र दलगत भागवण्डा टुङ्गीसकेपनि एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नम्बर २ को टिकट कसलाई दिने भन्नेमा अलि विवाद भएपछि बुधार मध्यरातमा मात्र एमाले स्थायी समिति बैठकले यो विषय टुङ्ग्याएको छ ।

गठवन्धनका तर्फबाट प्रतिनिधीसभाको दुबै सिट एमालेको भागमा परेको छ भने प्रदेश सभाका चार सिट मध्ये दुईवटा माओवादी केन्द्र र दुईवटा एमालेले पाएको छ । 

उमेद्वारी दर्ता भएका ६ जना उमेद्वार नै योग्य, संघर्षशील र त्यागी रहेका छन् । प्रतिनिधीसभाका लागि मकवानपुर १ बाट कृष्णप्रसाद दाहाल र २ बाट बिरोध खतिवडाको उमेद्वारी तय भएको छ । 

यसैगरी प्रदेश सभाकाका लागि क्षेत्र नम्बर १ को क बाट प्रेमबहादुर पुलामी र खबाट डोरमणी पौडेल तथा क्षेत्र नम्बर २ को क का लागि  कुमारी मोक्तान र ख का लागि राजाराम स्याङ्तानको उमेद्वारी तय भएको छ । 
कृष्ण प्रसाद दहाल राम्रो जनाधार भएका नेतामा पर्छन् भने जनताका माझ उनी निक्कै लोकप्रिय छन् । पञ्चायतकालदेखि नै प्रधानपञ्च र पटक पटक सांसद भएर कमल थापालाई समेत पराजित गरेका कारण उनको चर्चा छ । यसैगरी संसदीय मोर्चाहरुमा राम्रो अभ्यास भएको, प्रष्ट बोल सक्ने, एमालेको केन्द्रीय सदस्य बिरोध खतिवडा पनि जनप्रिय नेतामा पर्छन् । 

यसैगरी हेटौंडा नगरपालिकाको दुई कार्यकाल मेयर भएका विकासका नमुनायोग्य काम गर्न सक्ने व्यक्तिमा डोरमणी पौडेल पर्छन भने राजाराम स्याङ्तान पनि जनताबीच अत्यन्त राम्ररी भिजेका, दुई कार्यकाल गाविस अध्यक्ष भएर काम गरेर, संसदीय अभ्यासमा अनुभवी व्यक्तिमा पर्छन् । 

यसैगरी प्रेमबहादुर पुलामी र कुमारी मोक्तान दुबैजना यसअघि संसदमा रहीसकेका, जनयुद्धमा आफ्नो सबै उर्जा खर्च गरेर लागेका र जनजाती पृष्ठभुमीका लोकप्रिय नेतामा पर्छन । 

जातिय, भेगीय लगायतका सबै शन्तुलन मिलेकाले यो टिमको विजय निश्चीत भएको कार्यकर्ताहरु बताँउछन् । आजै विशाल ¥याली सहित संयुक्त रुपमा उमेद्वारी दर्ता गरिने एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिए । 

0 comments

Write Down Your Responses