Powered by Blogger.
अधिनायकवादको हल्ला फिँजाउन आवश्यक छैनः नेपाल


काठमाडौं । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसँगै पार्टी एकताको आधार तयार गर्न एउटा पार्टीले आयोजना गरेको कार्यक्रममा अर्को पार्टीका नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् ।

१० मंसिरका लागि घोषित पहिलो चरणको चुनावी प्रचार मध्यतिर पुग्दैगर्दा २१ मंसिरको दोस्रो चरणको चुनावी तयारीका सिलसिलामा दुई वामपन्थी दलले त्यस्तो अभ्यास अघि बढाएका हुन् । यस्तो अभ्यास माओवादी केन्द्र काठमाडौं–२ ले वुधबार आयोजना गरेको चुनावी कार्यक्रममा देखिएको हो । 

त्यस कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भए भने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमसहितका केन्द्रीय तहका आधा दर्जन नेताहरु भने मञ्चमा अतिथिका रुपमा सहभागी थिए । भेलाको अध्यक्षता माओवादी केन्द्र काठमाडौं–२ का संयोजक विमल ढुंगेलले गरे ।  

नेपाल प्रतिनिधिसभाका लागि त्यस क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारसमेत हुन् । प्रदेशतर्फ एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य सानु श्रेष्ठ र काठमाडौंका नेता मणीराम फुयाँल सो निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । 

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नेपाल जस्तो सानो देशमा एउटै विचार र लक्ष्य लिएको धेरै पार्टी आवश्यक नभएकाले दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियान सुरु भएको बताए । 

दुई पार्टीबीचको एकता राजनीतिक स्थायित्वसहित मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि भएको स्पष्ट पार्दै नेपालले यसलाई कसैले पनि अन्यथा ढंगले बुझ्न नहुने बताए ।  

‘बिचार मिल्ने पार्टीहरु नजिक हुंदैमा त्यसलाई कसैले पनि अन्यथा ढंगले लिनु हुन्न, आत्तिएर कम्युनिस्ट अधिनायकवाद आउँछ भ्रम फिजाउन पनि आवश्यक छैन, नेपालले भने,‘हामी  एकदलीयता होइन, विचारका आधारमा बहुदलीय प्रतिस्पर्धा गर्न चाहान्छौं, लोकतान्त्रिक ब्यबस्थाबाट कदापि बिचलित हुँदैनौ’ं कांग्रेसले राष्ट्रिय स्वाधिनताको रक्षाका लागी कहिलै अग्रशरता नदेखाएकाले नेपालको अस्तित्व र राष्ट्रियता जोगाउनका लागि कम्युनिष्टहरुले मुलुकको नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको नेपालको जिकिर थियो । 

‘लोकतन्त्रको संघर्षमा जहिले पनि कम्युनिष्टहरु अग्रपंक्तिमा रहे तर कांग्रेसले आफूलाई मात्र प्रजातान्त्रिक पद्धतिको मसिहा सम्झियो, तर हामी चाँही ब्यबहारमै लोकतान्त्रिक पद्धति स्थापित गर्न चाहान्छौं ।’ नेपालले भने ।


0 comments

Write Down Your Responses