Powered by Blogger.
एउटै कम्युनिष्ट पार्टी बन्नु समयको माग हो


हिमालधन राई, सल्लाहकार , माओवादी केन्द्र

पुराना वाम नेता हिमालधन राई अचेल सक्रिय राजनीतिमै भएपनि खास भूमिकामा भने छैनन् । भुमीगत कालदेखि नै शिक्षकका रुपमा पार्टी संगठनमा काम गरेर धेरै नेता तथा कार्यकर्ता उत्पादन गरेका राई पार्टीमा काम गरेर लाभको पद नखाने कमै नेता मध्येमा पर्छन् । 

राई माले, नेकपा एकिकृत हुँदै पछिल्लो समय माओवादी पार्टीका प्रवेश गरेका थिए । माओवादी भएपनि उनको जोड भने नेपालमा सबै वामपन्थी पार्टीहरु एकजुट भई एकिकृत कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ भन्ने थियो । प

छिल्लो समय नेपालका दुई ठुला पार्टी एमाले र माओवादी केन्द्र चुनावी तालमेलसंगै एकिकरणको मुडमा पुगेकामा राई असाध्यै खुसी छन् । प्रस्तुत छ राईसंग दामन पोष्टले गरेको कुराकानीः

वर्तमान राजनीतिक अवस्था देखेर विरक्त लाग्दैन ?

अहिले ६–६ महिनामा जसरी सरकार फेरिइरहने परिस्थिति छ यसलाई क्रस गर्नका निम्ति वाम मोर्चा बनाएर अगाडि बढेका छौं । यसमा हामीले जनतासंग के अनुरोध गर्छौ भने हामीलाई बहुमत दिनुप¥यो, पाँच वर्षको सरकार यहाँहरुको सेवाका निम्ति चलाउन अधिकार प्रदान गर्नुप¥यो । 

दोस्रो कुरा चुनाव सकिएपछि माक्र्सवादी–लेनिनवादी भन्नेहरु जति सबै एउटै झण्डामुनी आउनुप¥यो । पुष्पलालजीको पार्टीलाई टुक्रा टुक्रा गरेर यसरी बर्बाद बनाउने काम जो भइरहेको छ, त्यसलाई पनि अन्त्य गर्ने कामको सबैबाट प्रयत्न हुनुपर्छ । यसका लागि आम जनताबाट पनि दवाव आउनुपर्दछ । 

र, पार्टी एउटै नेपाल कम्युनिष्ट पार्टी बनाउनुपर्दछ । यो समयको माग हो । यसको अर्को कुनै विकल्प छैन । यही ठानेर नेपालका ठुला पार्टीहरु एक ठाँउमा आउने अवस्था बनेको छ, यसले विरक्त होइन उत्साह थपेको छ । मेरो जीवनको चाहना पुरा हुने लक्षणले मलाई खुसी लागेको छ ।

तर नेपाली काँग्रेसले त यसलाई अधिनायकवाद ल्याउने प्रयास भन्यो नी ?

काँग्रेसका मित्रहरुले साम्यवाद आँउछ, पूर्ण रुपमा तानाशाही शासन  नेपालमा आँउछ त्यसकारण हामीलाई भोट दिनुहोस् भनेर जुन कुरा जनतामा भनिरहनुभएको छ, त्यो उहाँहरुले नबुझेर भनेको हैन, जिस्किरहनुभएको छ । 

बुझ पचाइरहनु भएको छ । अहिले नेपालमा मात्र होइन की संसारमै साम्यवाद आउने चरणमा छैन । त्यसको लागि  न सामाजिक अवस्था विद्यमान छ, न आर्थिक, न सास्कृतिक, न औद्योगिक अवस्था कायम छ । के मान्छेका विचारमै त्यत्रो परिवर्तन आइसकेको छ र तत्काल साम्यवाद आउने ? 

साम्यवादको खास खास बुँदामा कुनै दिन कुरो गरुँला । अहिले चाँही नेपाली काँग्रेसका मित्रहरुलाई के उत्तर दिन्छु भने अहिले नेपालमा साम्यवाद आँउदैन । 

समाजवादकै पनि के हो त नम्र्स ? नेपाली समाज, यो विचार , यो संस्कृति, यो आर्थिक अवस्था र हरेक क्षेत्रमा छिनाझप्टी भइरहेको अवस्थामा समाजवाद नै के हो त ? समाजवादकै प्रारुप यहाँ तयार भएको छैन, साम्यवाद कहाँबाट आउने ? उहाँहरु वामहरुको चुनावी मैदानको एकता देखेर नै तर्सिएर मनपरी बक्न हुँदैन । 

आफ्नो आङ कन्याएर छारो उडाउने काम कसैले गर्नुहुँदैन । उचित ढंगले जनतामा प्रस्तुत हुने काम हामीले ग¥यौं भने जनताले पत्याउँछन् । उत्ताउलो तरिकाले काँग्रेस वा कम्युनिष्टका मित्रहरु  कोही पनि प्रस्तुत हुनु हुँदैन । यही मेरो अनुरोध छ ।

वाम पार्टीका शिर्ष नेताहरु आफ्नो जित सुनिश्चीत पार्नका लागि नै पार्टी एकताको आश्वासन लिएर आएको हो भन्छन्। तपाँइलाई के लाग्छ ?

तपाँइले भनेजस्तो पनि एउटा पक्ष हुन सक्दछ । तर मुलभुत कुरा नेपाली जनताको हितमा काम गर्ने सरकार गठन गर्ने कुरा नै प्रमुख कुरा हो भनेर सबैले सोच्नुपर्दछ । 

एकजना व्यक्तिको व्यक्तिगत जित–पराजित हेरेर मात्र केही पनि हुन सक्दैन । त्यसकारण त्यस्ता गलत विचारहरु छन् भने आजैदेखि सबै साथीहरुले दिमागबाट निकालेर फाल्नु नै फाइदा हुन्छ । 

एमाले र माओवादी दुई पार्टीको अहिलेसम्म कार्यनीतिक र रणनीतिक सिद्धान्त फरक फरक र एकले अर्कोलाई निक्कै छोइछिटो व्यवहार गरिरहेको अवस्था विद्यमान थियो, यस्तो अवस्थामा एकले अर्काको वैचारिक अस्थित्व स्वीकार गरी तत्कालै एकिकरण नै संभव होला त ?

नेपाली कम्युनिष्ट आन्दोलनमा जब जब टुटफुटको कुरा आँउछ, एक आपसमा अनर्गल–अवाञ्छित शब्दहरु, अश्लिल शब्दहरु प्रयोग गरेर गालि गलौज गर्ने प्रथा दुखद प्रथा रहेको छ । यसमा म सहमत छु ।

 तर नेपाली जनताहरुले यत्रो लामो संघर्षमा साथ दिइरहेका छन् । करिव ६५ प्रतिशत जनताले पूर्ण रुपमा वाम आन्दोलनलाई साथ दिइरहेका छन् । तर यस्तै गालि गलौज, टुट फुटको कारणले भनेजस्तो सेवा कुनैपनि कम्युनिष्ट पार्टीले दिन नसकीरहेको अवस्था भएकाले अब साँच्किै जनसेवक हामी कम्युनिष्ट हो भने यस्ता गालि गौजलाई अनर्गल प्रचारहरुलाई बन्द गरी गम्भिरताका साथ छलफल गरेर वाम एकता मात्र होइन कम्युनिष्ट पार्टी नै एकता गर्नुपर्छ । 

यो समयको माग हो । र, समय लाग्छ । २१ गते चुनाव सकिएर २२ गते नै एकता नभए पनि ढिलो चाँडो हुन्छ । छलफल गर्ने बडी बनेको छ । छलफल राम्ररी टुङ्ग्याएर नै मजवुद कम्युनिष्ट पार्टी निर्माणमा अगाडी बढ्नुपर्छ । यो अवश्य हुनुपर्छ । 

लामो समयदेखिको तपाँइको अनुभवका आधारमा नेपालमा कम्युनिष्ट शव्द उच्चारण गर्ने र तर सुविधाभोगी बुर्जावाहरुले शासन गर्न काम भइरहेको छ भन्न सकिन्छ ?

हो, हाम्रो देशमा कम्युनिष्टका नाममा महल पजेरो संस्कृति भित्रिएकै हो । यो सांस्कृतिक रुपमा स्खलित अवस्था हो । हामीसंग जनतामा सेवा गर्ने भाव हुँदाहुँदै पनि व्यवहारिक रुपमा हामी चिप्लीएको अवश्य हो । 

यसलाई सुधार होइन आमुल परिवर्तन गर्नु आवश्यक छ । नेता कार्यकर्ताहरु यस मामलामा ज्यादै सचेत हुनु जरुरी छ । यो चुनावी मैदानमा जान लाग्दा पनि मैले के देखें भने सबै सुविधायुक्त कुर्सीमा जान लालयित । 

रुने, कराउने, जुलुस गर्ने, विद्रोह गर्ने तर नेपाली जनताले कति दुःख पाएको छ त्यतापट्टी भने ध्यान नदिने । यस्ता खालका विकृतिहरु सांस्कृतिक रुपमा हामी कम्युनिष्ट शव्द प्रयोग गरेपनि स्खलीत भइसकेका अवश्य हौं । 

यो खाल्डोबाट पनि हामी माथी उठ्नुपर्छ । एकता गर्नुपर्छ । अनि एक आपसमा माझिनुपर्छ । त्याग गर्नुपर्छ । साँच्चिकै कम्युनिष् भएर नेपाली जनताको सेवा नगरीकन धरै छैन । 

चुनावको मुखमा आम जनतालाई के शन्देश छ ?

अन्त्यमा म आम नेपाली दाजुभाई दिदी बहीनीलाई अहिले बनको जो  माओवादी केन्द्र र एमालेबीचको वाममोर्चा छ ,त्यस गठवन्धनका तर्फबाट जो जहाँबाट उमेद्वार दिनुभएको छ, ति उमेद्वारहरुलाई जहाँ जहाँबाट जस जसले जे जे खालको सहयोग गर्न सकिन्छ , गरेर जिताउनका निम्ति म अनुरोध गर्दछु ।






0 comments

Write Down Your Responses