Powered by Blogger.
कान्तिपुर आईडलको उत्कृष्ट २० मा मकवानपुरका राजु तामाङ पनि

मकवानपुर, १८ मंसिर ।  मकवानपुरका राजु घलान (तामाङ) कान्तिपुर आईडलको उत्कृष्ट २० मा छनौट भएका छन् ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारका तामाङ कान्तिपुर आईडलमा मंसिर १६ गते भएको प्रतिस्पर्धाबाट गायन तर्फको उत्कृष्ट २० मा छनौट भएका हुन् । उनले कान्तिपुर आईडलको मञ्चमा विभिन्न चर्चित गीतहरुमा प्रस्तुति दिइसकेका छन् ।

उत्कृष्ट ६० बाट एसएमएस भोटिङका आधारमा उत्कृष्ट ३० मा छनौट भएका उनी अहिले सिधा प्रतिस्पर्धाबाट उत्कृष्ट २० मा परेका हुन् । उत्कृष्ट २० मा परेसँगै उनले आफुलाई माया गरेर यहाँसम्म साथ दिने दर्शक तथा श्रोताहरुलाई आभार प्रकट गरेका छन् । कान्तिपुर आईडल खुला गायन तथा नृत्य प्रतियोगिता हो । आईडलको प्रसारण सगरमाथा टेलिभिजनबाट भइरहेको छ ।

0 comments

Write Down Your Responses