Powered by Blogger.
पालुङमा एक हप्ते दन्त शिविरको तयारी पुरा


पालुङ । लायन्स क्लब अफ पिस थाहा , लियो क्लब अफ पिस थाहा र जनकल्याण माध्यमिक विधालयको आयोजना अराउण्ड गुड पिपलको प्राबिधिक  सहयोगमा थाहा नगरपालिकामा एक हप्ते निशुल्क दन्त शिविर हुनेभएको छ ।

शिविर सञ्चालनको अन्तिम तयारी पुरा भएको बताइएको छ ।

यही मंसिर ११ गतेदेखि १६ गतेसम्म संचालन हुने उक्त शिविरमा दाँताको समस्याबाट पीडित बिरामीहरुको लागि आवस्यकता अनुसार दन्त परिक्षण , दाँतमा सिमेन्ट भर्ने , दाँत निकाल्ने , दाँत सफा गर्ने सुबिधा उपलब्ध हुने आयोजक लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिनुभयो ।

उहाले दाँतको समस्याबाट पीडित बिरामीहरुलाई शिविरमा आई दाँतको उपचार गरि स्वास्थ लाभ उठाउनु हुन अनुरोध समेत गर्नु भएको छ ।

शिविर मंसिर ११ देखि १६ गतेसम्म प्रत्येक दिन बिहान ९ बजे देखी ४ बजेसम्म जनकल्याण माध्यामिक विद्यालयमा आयोजना हुनेछ ।

0 comments

Write Down Your Responses