Powered by Blogger.
टिष्टुङलाई ककनी र नगरकोट जस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन पहल गरिरहेका छौं

हरिगोपाल श्रेष्ठ, अध्यक्ष,  टिष्टुङ बज्रबाराही नेवा पुच

मकवानपुरको टिस्टुङ बज्रबाराही स्थित पापुङ गाँउमा आमा नक्कली र बाबु बलराम श्रेष्ठको कोखबाट २०२२ सालमा जेठ महिनामा जन्मीएका हरि गोपाल श्रेष्ठ सामाजिक अभियन्ता हुन्, समाजसेवी र एक व्यवसायी हुन् ।  कोमल कनका धनी  उनी समाजमा कसैको दुख पीडा देख्न सक्दैननन् । 

मुख्यगरी आफ्नो गाँउघरको कला, संस्कृति र परम्परा पनि उनी औधी स्नेह राख्छन् । गाउँघरका परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेकाका निक्कै चिन्तित छन् । पछिल्लो समय उनी  संस्कृति जगेर्नामा लागि परेका छन् । 

साथी भाई गुहारेर अघि बढ्छन् ।  एक्लैले मात्र हरेक काम गर्न असहज स्थिति सृजना भएपछि उनले टिस्टुङ घरभई काठमाडौ बस्दै आएका टिस्टुङवासीहरुलाई समेटेका छन् । केही वर्ष पहिला गठन भएको टिष्टुङ बज्रवाराही नेवा पुचको उनी अहिले अध्यक्ष हुन् । 

श्रेष्ठ अहिलेको युवा पुस्ताको लागि एक उदाहरणिय पथ प्रर्दशक हुन् । उनले पछिल्लो समय नेवा पुच नामक सामाजिक समुह मार्फत जन्म स्थान टिस्टुङमा सामाजिक कार्यको अभियाननै संचालन गरेका छन् । प्रस्तुत छ उनै सामाजिक अभियन्ता  हरिगोपाल श्रेष्ठसँग गरिएको कुराकानीः 

नेवा पुचः भनेर सामाजिक समुह नै गठन गरेर समाजिक कार्यमा लागिरहनु भएको छ । कतिको सहज छ सामाजिका कार्य गर्न ?

समाजसेवा मानव जीवनको एक अभिन्न अङ्ग हो । समाजमा हामी जन्मीसकेपछि हाम्रा निश्चिीत सामाजिक दायित्वहरु हुन्छन् ।  समाज स्वच्छ रह्यो भने घर परिवार स्वच्छ रहन्छ । घर परिवार स्वच्छ रह्यो भने विस्तारै  टोल र गाउँ हुँदै सिङगो वस्ती एउटा नमुना समाजसहितको वस्ती बन्न सक्दछ । 

वर्तमान अवस्थामा मानिसहरु समाजीक दायित्वबाट टाढा भाग्न लागेको आभाष हुन्छ । त्यसैले सामाजिक भावना जगाउन पनि म सामाजिक कार्यमा लाग्न थालेको हुँ । 

सु्रुमा हामी केहि साथीहरु मिलेर व्यक्तीगत रुपमा तिस्टुङमा सामाजिक कामहरु गर्न थाल्यौं । यसै क्रममा हामीले नेवा पुच नामक सामाजिक समुह गठन गरेका थियौं । र हामीले टिस्टुङमा २०६८ सालमा ३ सय सुरक्षाकर्मीहरुको सहयोगमा पुरै तिस्टुङ सरसफाई अभियान नै संचालन ग¥यौ । 

सहकार्य भयो भने सहज हुन्छ भएन भने कठिन । तर हाम्रो नेवापुचःमा रहेका सबै सदस्य र पदाधिकारी सक्रिय छन् । त्यसैले सहज नै महशुष गरेको छु । 

के के काम गर्यो त टिस्टुङमा  नेवा पुचःले ?

घर घरमा चर्पि अनिवार्य बनाउनुपर्ने अभियान अन्तर्गत ६ वर्ष अघि नै हामीले टिस्टुङमा यो अभियान थाल्यौ र सफल पनि भयो । त्यसपछि हामीले काठमाडौमा गाउँबाट उपचारका लागि आएका विरामीहरुको उपचारको लागि पनि काम गर्न थाल्यौं । 

आर्थिक अभाव खेपेकालाई सहयोग गर्ने देखी ‘व्लड’ आवश्यक पर्ने विरामीहरुका लागि ‘व्लड’ को व्यवस्था गरिदिने लगायतका काम गर्न थाल्यौं । काम गर्दै जाने क्रममा स्वास्थ्य उपचारको लागि यहाँका विरामीले भोग्नु परेको समस्या देखियो । निकै असहज तरिकाले सार्वजनिक सवारीमा उपचारका लागि काठमाडौमा विरामी लिएर जानुपर्ने बाध्यता थियो । 

त्यो समस्या हटाउन टिस्टुङमा एम्वुलेन्सको खाँचो रहेको थियो । त्यसैले नेवा पुचकै अगुवाईमा हामीले एम्वुलेन्स खरिदका लागि पहल ग¥यौं । 

निकै अप्ठेरो पार गरेर, बाधा व्यवधानहरु झेलेर हामीले एम्वुलेन्स खरिद गरेर टिस्टुङमा राख्यौं । अहिले कोही विरामी प¥यो भने राजधानीमा उपचारको लागि ल्याउन स्थानीयलाई सहज भएको छ ।  सामाजिक काम गर्ने बेला असहज परिस्थितीहरुसँग सामाना गर्नु प¥यो तर हामीले समाजका लागि निस्वार्थ भावले गरिने कामका लागि केहिले व्यवधान खडा गरेता पनि अधिकाँश स्थानीयले सहयोग पनि गरे । 

हामीले व्यवस्था गरेको एम्वुलेन्सलाई तत्कालिन बज्रवराहिको वडा कार्यालयलाई संचालनका लागि जिम्मा दियौं र अहिले संचालनमा छ । 
टिस्टुङ आफैमा ऐतिहासिक साँस्कृतिक सहर पनि हो, यो क्षेत्रको सांस्कृति जगेर्नाका लागि के गर्दै आउनुभएको छ ?

हामीले टिस्टुङको साँस्कृतिक प्रवद्र्धनमा विशेष ध्यान दिएका छौं । यहाँको नेवार समुदाय र विभिन्न जातजातीले मान्ने संस्कृतीमा विविधता छ । त्यसैले पनि हामीले काठमाडौको ज्यापु विकास कोष र नेवा मिडिया प्राली जस्ता संस्कृतिको सम्वद्र्धन गर्दै आएको सँस्थाहरुसँग सहकार्य गर्दै आएका छौं । 

यहि वर्ष हामीले नेवा मिडीया प्रालीको सहयोगमा यहाँको संस्कृति सम्वद्र्धनका लागि थाहा नगरपालिकाका विभिन्न साँस्कृतकि समुहलाई लोपोन्मुख बाजा वितरण गरयौं । यो कार्यले यहाँको लोक संस्कृतलिाई जोगाइराख्न मद्दत मिलेको छ ।

ऐतिहाँसिक टिष्टुङ राज्य पुनःसंरचनामा बज्रबराही हुँदै थाहा नगरपालिकामा गाभिइसकेको छ ।  ऐतिहासिक टिस्टुङ नाम त लोप भयो नि होइन  ?

हो, राज्य पुनःसंरचनाको क्रममा अहिले गाउँ छ तर नाम छैन । फेर्नुपर्ने त काम थियो तर राजनैतिक दल र तत्कालिन सरकारले ठाउँको चाहिं नाम फेरेर यहाँको ऐतिहासिक महत्व बोकेको टिस्टुङको पहिचान नै गुम्ने गरि गलत काम गरे । यो कार्यबाट टिस्टुङवासी सन्तुष्ट छैनन् । हामी सन्तुष्त छैनौं ।  

टिस्टुङको नाम फर्काउन हामी प्रयासरत छौं । यहि नामको लागि हामीले पटक पटक सम्वन्धित निकायको ढोका ढक्ढक्याएका छौं । हेरौ माग सम्वोधन गराउनका लगि पहल गरिरहेका छौं । यदि सुनुवाई भएन भने हामी हाम्रो टिस्टुङको पहिचानको लागि संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं । 

टिस्टुङलाई अझै समृद्ध र विकासमा अगाडी बढाउन के कस्ता योजना आवश्यक देख्नु हुन्छ ?

टिस्टुङ ऐतिहासिक साँस्कृतिक नगर त हो नै । यहाँ रहेका साधन स्रोत र प्राकृतिक सौन्दर्य, कृषी उपज, जल, जङ्गल जमीन र पहाडी भूभागलाई उपयोग गरेर पर्यटन विकास गर्न सकिने थुप्रै सम्भावनाहरु छन् । त्यसो त चन्द्रागिरीबाट टिस्टुङ पुग्ने सडक संचालनमा आइसकेको छ । 

यो रुटबाट पनि टिस्टुङलाई पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भने साविकको रुटबाट पनि यो क्षेत्रमा पुग्न सहज छ । राजधानीबाट नजिकै रहेको टिस्टुङलाई पर्यटन क्षेत्रकै रुपमा विकास गर्ने सोच अनुरुप हामीले काम गरिरहेका छौं । यसका लागि थाहा नगरपालिकासँग पनि सहकार्यको लागि हात बढाइरहेका छौं । नगरपालिका पनि सकरात्मक देखिएको छ ।

पर्यटन विकासका लागि पनि परापुर्वकालदेखी देश विदेशमा चर्चित यो गाउँको नाम फर्काउनु पर्छ भन्ने हाम्रो मान्यता हो । यहाँबाट नजिकै चित्लाङ छ । नजिकै पालुङ छ ।  

टिस्टुङ, पालुङ र चित्लाङ परापुर्वकालदेखी नै साँस्कृतिक र प्राकृतिक रुपमा चर्चित गाउँहरु हुन् । त्यसैले यी क्षेत्रलाई हामीले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गूरु योजनाका साथ अगाडी बढ्ने योजना बनाइरहेका छौं ।

पर्यटकलाई लोभ्याउने मुख्य आकर्षण के के देख्नुहुन्छ ?

मकवानपुर आफैमा प्राकृतिक रुपमा धनि जिल्ला हो । र ति मध्य पनि टिस्टुङ, पालुङ र चित्लाङ त साँस्कृतिक रुपमा धनी प्राचिन वस्तिहरु हुन् । कल कल झरना । वरपर स साना पहाडका थुम्काहरुले घेरिएको मीनी उपत्यका हो टिस्टुङ ।  हरियाली जङ्गल र नजिकैबाट देखिने सुतिरहेका गणेश आकृतिका पहाड । 

ससाना पहाड र थुम्का बीच रहेको टिस्टुङ उपत्यका । नजिकै रहेका पालुङ र चित्लाङ । यहाँको पर्यटकिय गन्तव्यका लागि लायक क्षेत्रहरु हुन् । नेपालमा पहिलो पल्ट चन्द्रशमशेरको पालामा  चित्लाङ र टिस्टुङका स्थानियहरुले गाडी बोकेर ल्याएको ऐतिहासिक गोरेटो राजमार्ग पनि यहिं छ । 

विरगञ्जबाट ल्याएको मोटर भीमफेदीबाट टिस्टुङ, पालुङ र चित्लाङ गाउँका तन्नेरीहरूका काँध चढेर काठमाडौ पुगेको थियो । यी र यस्ता इतिहास बोकेका मात्र नभई   यो क्षेत्र धार्मिक, सास्कृतिक र प्राकृतिक रुपमा पनि धनी छ । हामीले यो क्षेत्रलाई  ककनी र नगरकोट जस्तै अर्को एक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । कीनकी भौगोलिक र प्राकृतिक रुपमा पनि यो क्षेत्र निकै आकर्षक छ । 

टिस्टुङमा पर्यटक आकर्षण गर्न अन्य सम्पदाहरु के के देख्नुहुन्छ ?

सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार यहिँ छ । यसलाई पुननिर्माण गरि सुधार गर्न सकिन्छ । दरबार नजिक तलेजु भवानीको मन्दिर अहिले पनि सञ्चालनमा छ । मल्लकालिन र लिच्छविकालिन इतिहास बोकेको यो क्षेत्रका सबै सँस्कृति  र परम्परा पुरानै नेवारी शैलीका छन् । 

यहाको पश्चिम दक्षिणमा रहेको कुन्छाल गाउँको गोपाली गाउँ नेपालकै नमूनायोग्य गाउँका रूपमा परिचित छ । टिस्टुङ उपत्यकाको सबैभन्दा पुरानो बस्तीका रूपमा स्थापित गोपाली गाउँ पुगियो भने गोपाल बंशजसँगै साक्षत्कार हुन सकिन्छ । टिष्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौँ उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका पनि हो । 

यहाको जातिय विविधता र साँस्कृतिक विविधताले यहाँ पुग्ने जो कोहिलाई एकपटक पुग्नै पर्ने स्थानको रुपमा हामीले चित्रण गर्दै आएका छौं । बज्रबाराही मन्दिर पनि यहीं छ । हरेक ३ वर्षमा ठूलो मेला लाग्ने यो मन्दीर पनि मल्लकालिन मानिन्छ ।   

देशभरका मानिसहरु मात्र हैन टिस्टुङ हेर्न र भ्रमण गर्न पछिल्लो समय आगन्तुकहरु पनि बढ्दै गएको छ । जाडोयामको समय यहाँको दामन हिउँ खेल्नेहरुको लागि निकै चर्चित छ ।



0 comments

Write Down Your Responses