Powered by Blogger.
पालुङ जेसीजको नयाँ अध्यक्षमा अमात्य निर्विरोध

थाहानगर / पालुङ जेसीजको वर्ष २०१८ का अध्यक्षमा विजय श्याम अमात्य र्निविरोध निर्वाचित भएका छन । आईतबार राती अबेर सम्म भएको निर्वाचनबाट अमात्य आगामी कार्यकालको नेतृत्व लिन सफल भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछी अमात्यले  जेसिज अभियानलाई सार्थक बनाउनका लागि भोटर नभई मेम्बर बनाउन जरुरी रहेको बताउदै भोटर बनाउने परिपाटिलाई अन्त्य गर्नको लागि तालिमको व्यवस्था गरि सक्षम मेम्बर बनाउन मेरो पहिलो पहल हुने बताए । जेसिजमा आवद्व जेसिहरुको व्यक्तिगत र संस्थागत विकासको निम्ति सक्रिय रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

उहाँका प्रतिद्धन्द्धी सुवास गोपाली र कुमार नेगीले उम्मेद्वारी फिता लिए पश्चात अमात्य र्निविरोध भएका हुन् । आज भएको साधारणसभाले कार्यकारीणी उपाध्यक्ष मनोज रायमाझी, उद्धव विडारीलाई र्निविरोध निर्वाचित गरेको छ भने उम्मेद्वारी दिएका बिकास भण्डारी अन्तमा उम्मेद्वारी फिता लिएसँगै कार्याकारी पदको लागि सहजता भएको हो ।

त्यस्तै ४ जना उपाध्यक्ष पदमा सबिन बिष्ट, नवराज लामा, अनित बिष्ट, रामकाजी महर्जन र सानोबाबु मोक्तानको उम्मेद्वारी परेको थियो । सानोवावु मोक्तानले अन्तमा उम्मेद्वारी र्फिता लिए पछि उपाध्यक्ष समेत र्निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत तथा वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले बताए । जेसीजमा महासचिव, सचिव र कोषाध्यक्ष संगै कार्यक्रम संयोजक अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
सम्पूर्ण टिमलाई दामन पोष्ट परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना

0 comments

Write Down Your Responses