Powered by Blogger.
जनकल्याणले स्वर्ण जयन्ती मनाउने

Image result for जनकल्याण उच्च माविथाहा नगर, ७ मंसिर / मकवानपुर थाहा नगरपालिका ३ मा रहेको जनकल्याण माविले आफ्नो ५० औं वर्षको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ । स्वर्ण जयन्तीको तयारीको बारेमा विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्राचार्य सानोभाई कार्कीले ७ दिने कार्यक्रमको तालिका समेत सार्बननिक गरे । 

यहि आउँदो १५ गते देखि सुरु हुने जयन्तीको पहिलो दिन उद्घाटन सत्र, रक्तदान कार्यक्रम साँस्कृतिक कार्यक्रम तथा कवज प्रदर्शनी र विज्ञान कृषि चित्रकला प्रदर्शनी रहेको कार्कीले बताए । त्यसैगरि दोस्रो दिन १६ गते थाहा नगर स्तरीय लङ्गजम्प प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम, निवन्ध लेखन, अभिभावक शिक्षक म्युजिकल चियर र साँस्कृतिक कार्यंक्रमको साथमा पुरस्कार वितरण गर्ने भएको छ भने १७ गते थाहा नगर स्तरीय एकल गायन, सामुहिक नृत्य, दौड(४०० मिटर, र ३००० मिटर) साथमा साँस्कृतिक कार्यक्रम हुने जनाएको छ 

 साथै जिल्ला स्तरिय छात्र भलिबल (मावि विद्यालय स्तरिय) प्रतियोगिता १९ र २० गते हुने, १८ र १९ गते भने छात्राको कबड्डी हुने भएको छ । त्यसैगरि १८ गते बक्तृत्वकला १९ गते सटपुट तथा साँस्कृतिक कार्यक्रम गरिनेछ । साथै २० गते हाजिरीजवाफ र २१ गते अन्तिम दिन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम रहेको कार्कीले जानकारी दिए । 

वि.सं. २०२५ सालमा स्थापन भएको विद्यालयले यस वर्ष माघ १५ देखि २१ गते सम्म स्वर्ण जयन्ती मनाउन लागेको हो । हाल विद्यालयमा कक्षा १ देखि १० सम्म ७ सय ७४, कक्षा ११ मा २ सय २२ र कक्षा १२ मा २ सय ५६ गरि जम्मा १ हजार २ सय ५२ विद्यार्थी अध्ययनरत छन् । त्यसैगरि कृषि तर्फ बालि विज्ञान अन्तर्गत कक्षा ९ मा ३२ कक्षा १० मा ३८ जना विद्यार्थी छन् । 

0 comments

Write Down Your Responses