Powered by Blogger.
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको १८ औ साधारणसभा सम्पन्न


काठमाडौं । सहरी विकास मन्त्री दिलनाथ गिरीले सहकारीमार्फत कृषि उत्पादन बढाएर आत्मनिर्भर बढाउन सकिने बताउनुभएको छ । 

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ बार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री गिरीले सहकारीले कृषि उत्पादन बढाउन जोड दिनुपर्ने बताउनुभयो । कुनै समयमा नेपाल कृषिमा आत्मनिर्भर भएपछि पछिल्लो समयमा कृषि आयात बढ्नु दुःखद कुरा भएको बताउनुभयो ।

खर्बौको आयात गर्न वाध्य भएको भन्दै सहकारीले प्रयाप्तमात्रामा कृषिमा लगानी गर्न सके कृषिमा परनिर्भता घट्ने उहाँको भनाई थियो । लालीगुरासँजस्ता सयौंले चितवनमा आधुनिक गाईफार्म सञ्चालन गर्न सके छिट्टै नै कृषिमा आत्मनिर्भर हुन सकिने उहाँको भनाई थियो ।

 कार्यक्रममा बोल्दै मन्त्री गिरीले संस्थाले गरेको योगदानको कदर गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।  संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्नुभयो ।

संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले चालु आव ०७३÷०७४ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभयो । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको छ ।

उहाँले सहकारी विभाग, डिभिजन सहकारी कार्यालय र विषयगत संघहरुको माध्यमबाट संकलित करिब २८ वटा वाणिज्य बैंकहरु पछी दोश्रो ठूलो वित्तिय कारोबार सहकारी संस्थाहरुबाट भएको  दाबी गर्नुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले  सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराउनुभयो । 

उहाले करिब ६५ लाख भन्दा बढी संघ, संस्था तथा नागरिकहरु सहकारी संघरसंस्थाहरुमा आवद्ध रहेको बताउँदै सहकारी मार्फत देशको आर्थिक विकास गर्नको लागि सहकारी मैत्री कानून निर्माण गरिनु पर्ने तर त्यसको विपरीत सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी अभियानको सुझावलाई वेवास्था गरी समग्र सहकारी क्षेत्रलाई संकुचित गर्ने अभिप्रायले ऐन पारित गरिएको उल्लेख गर्नुभयो ।

मुलुकमा रहेको सहकारीको अवस्थाबारे जानकारी गराउदै उहाँले वित्तिय कारोबारमा सहकारी संस्थाहरुको योगदान २५ प्रतिशत भन्दा बढी अर्थात ५ सय  अर्ब भन्दा बढिको वित्तिय कारोबार सहकारी संस्थाहरुबाट भएको जानकारी गराउनुभयो । 

देशको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल ग्राहस्थ उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न व्यापक रुपमा यस क्षेत्रमा लगानी बृद्धि गरी सहकारीको माध्यमबाट समग्र देशको विकास हुन सक्दछ भन्ने सम्पूर्ण सहकारीकर्मीहरुको धारणा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्थाले आगामी दिनमा थप प्रगति गर्दै जाने बताउनुभयो । 

संस्थाले चालु आ.व.मा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको छ । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

 संस्थाले ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । यस संस्थाले आ.ब. ०७३÷०७४ मा     ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपैया मुनाफा आर्जन गरेको छ । त्यसै गरी आ.व. ०७२–०७३ को कूल कारोबार ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार १ सय ९८ रहेकोमा चालु आ.व. मा ८ दशमलब २१ प्रतिशतले बृद्धि गरी कुल कारोवार ५ अर्ब २३ लाख ९८ हजार ३ सय ६८ रुपैया पु¥याएको छ ।

संस्थाको आ.व. ०७२–०७३ मा ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैया निक्षेप रहेकोमा आ.व. ०७३–०७४ मा ६ दशमलब ७६ प्रतिशतले बृद्धि भई ४ अर्ब १८ करोड ८६ लाख १ हजार ९ सय ६३ रुपैया पुगेको छ । कर्जा लगानी तर्फ आ.व. ०७२÷०७३ मा ३ अर्ब ४ करोड ३१ लाख ५४ हजार २ सय ३५ रुपैया रहेकोमा, चालु आ.व. मा ११ दशमलब ७५ प्रतिशतले बृद्धि भई ३ अर्ब ४० करोड ८ लाख ५२ हजार ८ सय ४ रुपैया पुगेको छ ।

 शेयर पूँजी तर्फ आ.व. ०७२–०७३ को कुल शेयर पूँजी ३२ करोड ४ लाख ५३ हजार ९ सय मात्र रहेकोेमा आ.व. ०७३–०७४ मा १७ दशमलब १८ प्रतिशतले बृद्धि भई   ३७ करोड ५५ लाख २० हजार ९ सय रहेको छ । १७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ ।

२०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रा.लि., श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रा.लि., जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रा.लि., भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ । संस्थाले यसै आ.व. मा डेरी उद्योग संचालन गर्ने तयारी गरेको छ ।

कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव उपेन्द्र बहादुर ढुंगाना, सहकारी विभागका उपरजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, पुर्व मन्त्री छविराज पन्त, राष्ट्रिय जेष्ठ नागरीक मञ्चका अध्यक्ष रामकृष्ण कर्माचार्य, राष्ट्रिय सहकारी महासंघका संचालक एवं सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, पुर्व मन्त्री राजेन्द्र पाण्डे, एमाले सहकारी विभागका प्रमुख पशुपति चौलागाँइ, अन्तराष्ट्रिय सहकारी महासंघका (आइसिएका) संचालक एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायतले बोल्नुभएको थियो ।






0 comments

Write Down Your Responses