Powered by Blogger.
मकवानपुरमा भोलि विहानदेखि मतगणना सुरु हुने

मकवानपुर , मकवानपुर जिल्ला सहित ५ जिल्लामा आज पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेका छन् भने पुरुष १ लाख २५ हजार ९ सय ७० जना, तेस्रोलिंगी ६ जना रहेका छन ।

जिल्लामा ३ सय २४ वटा मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको हो । मतदान सकिएसँगै मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको छ । आज रातभरमा सबै मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा आइसक्ने मूख्य निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ ।

 कति प्रतिशत मतदान भयो भन्ने बारेमा भने तथ्याङ्क संकलन भइरहेको मूख्य निर्वाचन अधिकृत खडाननद तिवारीले जानकारी दिए । रातभर सम्म सबै मतपेटिका हेटौंडा ल्याईसक्ने र भोलि बिहानबाट मकवानपुर बहुमुखी क्याम्पसमा मतगणना सुरु हुने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुरमा करिब ६५ प्रतिशतको हाराहारीमा मतदान भएको  प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन् ।



0 comments

Write Down Your Responses