Powered by Blogger.
पैसा मै बिक्यो मत

कृष्णउदास खनाल 
वीरगन्ज / तराईका कतिपय जिल्लाहरुमा मतदाताले नै उम्मेदवारहरुलाई यस पटक ब्यांग्य गर्दै केही पैसा दिएका थिए यद्यपी पर्सा जिल्लाको एक गाउँका स्थानीयहरुले भने आफ्नो मत बिक्री गरेका छन् ।

दलहरुले पैसा बाँडेपछि जिल्लाको एउटा गाउँका मतदाता भोट हाल्न निस्केका हुन् । पैसा नदिएसम्म भोट नहाल्ने अडानमा घरमै लुकेर बसेका जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको देउवाना ‘ख’ मतदान केन्द्रका मतदाता भोट खसाएका हुन्  । दलका प्रतिनिधिले घर घरमा पुगेर पैसा बाँडेपछि उनीहरु ट्याक्टर चढेर उनीहरु बिहीबार दिउसो मतदान स्थलसम्म आएर मतदान गरेका थिए  ।

अल्पसंख्य र दलित समुदायको बस्ती रहेको देउवाना गाउँका अधिकांश मतदाता घरैमा बसेका थिए । उनीहरु जसले पैसा दिन्छ, उसैलाई मतदान गर्ने भन्दै मतदान केन्द्रमा गएका थिएनन् ।बाम गठबन्धनका तर्फबाट र फोरम गठबन्धनबाट समेत उनीहरुले रकम लिइ मतदान गरेको स्थानीय पत्रकार आरके पटेलले बताए । उनीहरुले मत एकैठाउमा खसाले वा पैसा दिएका दललाई नै मत दिए भन्ने कुरामा पुष्टी नभएको उनको भनाइ ।

यस्तो समस्या तराई मधेसका धेरै जिल्लामा रहेको छ । पैसा नपाएसम्म मतदान नगर्ने अडानमा बसेका देउवानाका मतदातालाई पैसा दिएर ट्याक्टरमा राखी मतदान गराउन ल्याइएको थियो । चुनाव जितेर गएपछि आफूहरुको मागको कुनैपनि नेताले सुनुवाइ नगरेका कारण चुनावकै दिन आफ्नो न्यूनतम आवश्यकता पूर्ति गर्नका लागि भएपनि रकम लिइएको स्थानीयहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses