Powered by Blogger.
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर २ मा भारिमत सहित बिरोध खतिवडा विजयी

मकवानपुर / प्रतिनिधिसभा निर्वाचन अन्र्तगत आज आइतबार विहान सम्पन्न मतगणनामा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेद्वार बिरोध खतिवडाले भारिमत सहित विजयी हुनु भएको छ ।
उहाँले १२ हजार ६८ मतले लोकतान्त्रिक गठवन्धनको तर्फबाट कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्यायलाई पराजित गर्नु भएको हो । विजय हुने क्रममा खतिवडाको ४४ हजार ७ सय ४४ मत प्राप्त हुँदा उपाध्ययले ३२ हजार ६ सय ५८ मत मात्र आएको थियो । खतिवडाले पनि यस अघि डिना उपाध्ययलाई पराजित गरिसकेको थिए ।
बिरोध खतिवडा
बिरोध खतिवडा तत्कालिन हटिया गाविस ( हाल हेटौंडा ) मा पिता बद्रि प्रसाद खतिवडा र माता महालक्ष्मी खतिवडा कोखबाट बि.सं.२०१७ सालमा जन्मनु भएका हो ।  स्नातक तह अध्ययन गरेको खतिवडा राजनीतिक दलमा अबद्ध भएको लगभग ४० वर्ष  पुगिसकेको छ । पटक÷पटक (पाँच वर्ष) बन्दी जीवन समेत भोगिसकेका खतिवडा यस अघि ३ पटक सांसद समेत भए ।

0 comments

Write Down Your Responses