Powered by Blogger.
निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई प्रधानमन्त्रीद्धारा धन्यवाद ज्ञापन

Image result for प्रधानमन्त्री शेरबहादुर देउवा picप्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा चुनाव सकिएको भन्दै सबैलाई धन्यवाद दिनुुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिए लगत्तै विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिनुभएको हो ।
उहाँले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गर्नुभयो ।

0 comments

Write Down Your Responses