Powered by Blogger.
दोस्रो चरणको निर्वाचन सम्पन्न

मकवानपुर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत दोस्रो चरणमा आज भएको निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ ।
आज दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।  ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने छन्  ।
 मतदानबारे थप जानकारी देशभरीबाटै संकलन भैरहेकाले अन्तिम जानकारी बेलुकी मात्रै दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses