Powered by Blogger.
मकवानपुर–२ को ‘ख’मा पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बाँनीया निर्वाचित

मकवानपुर / मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा (२) वाट इन्द्रबहादुर बाँनीया विजयी हुनु भएको छ । उहाँले १९ हजार २ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हो ।

उहाँको  निकट्तम प्रतिद्वन्दी वाम गठवन्धनका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत ल्याएका छन् । उनीहरुको मतान्तर १ हजार ४ सय ११ रहेको छ ।नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँ २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा समेत निर्वाचन भएका थिए ।

 विस २०७० मा पहिलोपटक सांसद बनेका बानियाँ सो कार्यकालमै संस्कृती पर्यटन एवम् नागरिक उड्डयन राज्यमन्त्री हुँदै गृहराज्यमन्त्रीसम्म बनेका थिए ।

0 comments

Write Down Your Responses