Powered by Blogger.
मकवानपुर प्रदेशसभा २ को क मा कुमारी मोक्तान भारी मतले विजयी

मकवानपुर । वाम गठबन्धनकी प्रदेशसभा उम्मेदवार कुमारी मोक्तान भारी मतले विजयी भएकी छिन् । उनले २७ हजार १ सय ३२ मत प्राप्त गरिन् भने उहाँका प्रतिद्धवाद्धि लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत प्राप्त गरेका हुन् । लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले प्राप्त गरेको मत भन्दा १३ हजार ७९ मत बढी ल्याएर मोक्तान विजयी भएकी हुन् ।माओवादी केन्द्रकी इन्चार्जसमेत रहेकी मोक्तानले अहिलेसम्म मकवानपुरमा विजयी भएका अन्य उम्मेदवार भन्दा भारी मतले विजयी भएर आफ्नो इतिहास रचेकी छिन् ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१३ पदमपोखरी मा पिता सानुकान्छा मोक्तान र माता तिर्थमाया मोक्तानको कोखबाट २०३६ कार्तिक २८ गते जन्मनु भएकी हुन् । एसएलसी सम्म अध्ययन गरेकी मोक्तान राजनीतिक दलमा अबद्ध भएको करिब २४ वर्ष पुगिसकेको छ । राजनीतिक यात्राको क्रममा एक पटक(एक वर्ष ) बन्दी जीवन समेत जिताउनु भएकी मोक्तान २०६४ मा नेकपा माओवादी केन्द्रबाट मकवानपुर ४ बाट सभासद निर्वाचित भएकी थिइन् ।

0 comments

Write Down Your Responses