Powered by Blogger.
मकवानपुर प्रदेशसभा निर्वाचन क्षेत्र नंबर १ को (ख) डोरमणि पौडेल भारिमत सहित निर्वाचित

Image result for डोरमणि पौडेलहेटौडा ।  वाम गठबन्धनका तर्फबाट प्रदेशसभा उम्मेदवार डोरमणि पौडेल भारिमत सहति निर्वाचित हुनु भएको छ । पौडेलले २० हजार ७ सय ३ मत ल्याउनु भएको हो भने उहाँका निकट्तम प्रतिद्वन्दी  लोकतान्त्रिकका तर्फबाट उम्मेदवार अशोक शाक्यले १६ हजार ५ सय ८१ मत मात्र प्राप्त गरेका छन् । केही बेरमा यसको आधिकारिक घोषणा हुनेछ । पौडेलर शाक्य विच ४१ सय २२ मतको मतान्तरण रहेको छ ।


हेटौंडाको विकासका योजनाकार पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वा्चित भएका थिए ।

७० वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन् । २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनी राजनीतिक मुद्धामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।

उनी नेकपा एमालेको जिल्ला,प्रदेश र केन्द्रीय बिभागहरुमा बसेर काम समेत गरेको थिए । २०४८ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित, स्थानीय तह पुर्नसंरचना आयोगको सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष,अन्तराष्ट्रिय संस्था इसिएलजीको उपाध्यक्ष र सिटीनेट को कार्यकारी सदस्य समेत जस्ता पद समालिसकेका छन् । 

0 comments

Write Down Your Responses