Powered by Blogger.
चुनाव सकिएलगत्तै ग्यास, पेट्रोल र डिजेलको मुल्य सरकारले बढायो, यस्तो छ नयाँ मूल्य ?


मकवानपुर /  सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पसबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ ।

-प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ,
-डिजेल र मट्टीतेलमा ३ र ३ रुपैयाँ
-हवाई इन्धनमा ५ रुपैयाँ
-खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ
यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो ।

पोखरा र दाङमा 
- प्रतिलिट पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा
-डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा

त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्तालेलाई
 -प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा
-डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा

त्यस्तै, तराईका जिल्लामा 
खाना पकाउने ग्यासको मूल्य १३ सय ५० रुपैयाँ

 दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा 
खाना पकाउने ग्यासको मूल्य १३ सय १५ रुपैयाँ






0 comments

Write Down Your Responses