Powered by Blogger.
अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीलाई खुशीको खबर, हेटौंडामा खुल्यो एक्सपर्टको शाखा

हेटौंडा, मंसिर २४ / अष्ट्रेलिया अध्ययन कसरी गर्न जानेर भनेर अन्यौलमा रहेका मकवानपुरका विद्यार्थीहरुका लागि खुशीको खबर आएको छ । २५ हजार भन्दा बढि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल भरपर्दो परामर्श केन्द्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडास्थित पारिजात पथमा संचालनमा आएको छ । यस शाखा संचालनमा आएसंगै अब विद्यार्थीहरु ढुक्क भएर अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजहरुमा सही परामर्शसहित जान सक्ने छन् ।

आज ९आईतबार० एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ गर्नुभयो । शाखा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले मकवानपुरबाट उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट भरपर्दो माध्यम बनोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले हेटौंडा पनि शैक्षिक हब बन्दै गईरहेको भन्दै एक्सपर्टको उपस्थितिले थप सहयोग पुगेको बताउनुभयो ।



मेयर महतले हेटौंडाको विकासमा पनि एक्सपर्टको सहयोग आवश्यक रहेको भन्दै सबै हातेमालो गर्दै अघि बढ्ने बेला आएको बताउनुभयो । उहाँले आफूले मात्रै हेटौंडाको मुहार फेर्न नसक्ने भन्दै नीजि संघसंस्थाहरुको पनि सहयोग आवश्यक रहेको औल्याउनुभयो । मेयर महतले भन्नुभयो–“प्रख्यात कन्सलटेन्सीको शाखा कार्यालय खुल्नु हाम्रो लागि राम्रो हो, हेटौंडामा राम्रो सन्देश दिन सफल होस् ।”
कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले हेटौंडाको मेयरले शुभारम्भ गरेको संस्थाले यहाँको शिक्षा क्षेत्रमा सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एक्सपर्टका नेपाल निर्देशक खगराज संग्रौलाले २५ हजार भन्दा बढि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल कन्सलटेन्सी हेटौंडामा खुल्नु यहाँको विद्यार्थीहरुका लागि सहज हुने बताउनुभयो । उहाँले कन्सलटेन्सीको नाममा धेरै संस्थाहरु खुलेको भन्दै विद्यार्थीहरुलाई भरपर्दो कन्सलटेन्सीबाट परामर्श लिन आग्रह गर्नुभयो । उहाँलले भन्नुभयो–“एक्सपर्टबाट अष्ट्रेलिया पुगेका विद्यार्थीहरुबाट एक्सपर्टको बारे बुझे हुन्छ, हामीबाट गएका विद्यार्थीहरुले अहिलेसम्म समस्या भोग्नु परेको छैन् ।”



कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, नविन सिग्देललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा एक्सपर्ट हेटौंडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै आज सेमीनार समेत आयोजना गरिएको छ । सेमीनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । सोही कार्यक्रममा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ र संचारकर्मी राधाकृष्ण ९आरके० धितालले व्यक्तित्व विकास र बोल्ने कला बारे प्रशिक्षण दिनुभएको थियो ।   

0 comments

Write Down Your Responses