Powered by Blogger.
पालुङ जेसिजको १७ औँ बार्षिक साधारण सभा सम्पन्न


थाहानगर, थाहा नगरका उपप्रमुख खड्ग गोपालीले विकृती र विसंगति अन्त्यका लागि पालुङ जेसीजको भूमिका महत्वपूर्ण भएका बताएका छन् । पालुङ जेसिजको १७ आंै बार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोपालीले कुलतमा फसेका युवा जमातलाई सहि मार्गमा ल्याउनको लागि जेसिज अभियानले सहयोग पुर्याएको बताए । नेतृत्व, व्यक्तित्व र भातृत्वको विकास गर्दै युवा केन्द्रित विकासका लागि जोसिजले संचालन गर्ने हरेक क्रियाकलापमा नगरपालिकाको सहयोग हुने प्रतिबद्धता ब्यक्त गरे ।  पालुङ जेसिज वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको सभामा वर्ष २०१७ का महासचिव विक्रम केसीले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष सुवास गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ जेसिज दामन पालुङमा मात्र सीमित नभई सिंगो उत्तरीभेगलाई समेट्नु पर्नेमा जोड दिएका थिए । प्रधानले जेसिज आस्थालाई सबैले मनन् गर्नु पर्ने बताए । समाजसेवी अच्युतमप्रसाद ढकालले संस्थाको चाहना भावना तथा मर्म बुझेर अघि बढ्न सुझाब दिए । कार्यक्रममको अवसरमा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो । खत्रीले उद्योग वाणिज्य संघ र जेसिजको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको बताए । साथै उनले जेसिजलाई आफ्नो साथ सहयोग सधैव रहने समेत बताए ।

शुभकामना मन्तव्य व्यक्त गर्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकालले राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्ने भएकोले समाजको विकासमा जुट्न आग्रह गरे । संस्थापक अध्यक्ष पुरुषोत्तम् ढकालले जेसिज सदस्य केबल भोट हाल्नको लागि मात्र नभई उत्तरी मकवानपुरको विकास गर्ने उम्मेदवार बन्न आवश्यक रहेको बताए । 

0 comments

Write Down Your Responses