Powered by Blogger.
मकवानपुर प्रदेशसभा १ (क ) प्रेम बहादुर पुलामी ‘छिन्तु’ विजयी

मकवानपुर /  वाम गठबन्धनका तर्फबाट उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ विजयी हुनु भएको छ ।  पुलामिले २१ हजार ६ सय २९ मत प्राप्त गर्नु भएको हो भने उहाँका निकतम् प्रतिष्प्रर्धी लामिछानेले १८ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । लामिछाने भन्दा पुलामीको २८ सय ५४ भन्दा बढी मत ल्याएर बिजयी भएका छन् ।
प्रेम बहादुर पुलामी
मकवापनुर जिल्लाको बाग्मती गाउँपालिका वडा नं.ः ६ ठाडीखोला मा पिता जित बहादुर पुलामी  र माता  रत्नकुमारी पुलामीको कोखबाट विं.सं.२०२९ साल  पौष ८ गते जन्मनु भएको हो । एसएलसी अध्ययन गरेका पुलामी राजनीतिक दलमा अबद्ध भएको करिव २६ वर्ष भईसकेको छ ।
 २०५४ मा एक महिना (एक पटक) बन्दी जीवन समेत विताएका पुलामी २०६४ मा नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । पुलामी नेकपा माओवादी केन्द्र मकवानपुरको अध्यक्ष पनि हुन् ।

0 comments

Write Down Your Responses