Powered by Blogger.
थाहाका युवा लागूऔषध सहित पक्राउ


काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ गुर्जुधारा डेरा गरी बस्ने  २६ वर्षीय सुर्यबहादुर थिङलाई ३ के.जि.५ सय ग्राम गाँजाको धुलो सहित प्रहरीले पक्राउ गरेको छ । 

शंकास्पद रुपमा बाटोमा हिडीरहेका थिङलाई मंगलबार जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त गाँजाको धुलो बरामद भएको थियो । 

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ बालकुमारीबाट मकवानपुर पालुङ घर भई हाल काठमाडौं नैकाप बस्ने ३४ वर्षीया शुशिला तामाङलाई प्रहरीले मंगलबार २ के.जि.६ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


0 comments

Write Down Your Responses