Powered by Blogger.
पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तर्कृया सम्पन्न


काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा आयोजित  पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तत्र्रिया कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले निरङ्कुशता विरुद्ध शसक्त भुमिका खेलेको र निर्वाचन सम्पन्न गराउन दवाव दिएकोमा नेपाली मिडियालाई धन्यवाद दिदै पत्रकारिता जगत् सम्वेदनशील् भएकोले समाचार सम्प्रेषणमा सामाजिक जिम्मेवारीवोध भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।

पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द नेम्वाङले पत्रकारिता क्षेत्र ज्यादै सम्वेदनशील विषय भएकाले सबै पत्रकार र सञ्चारगृहले संयमता अपनाउनु पर्ने बताउनुभयो ।

पुस ५ गते राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार क्षेत्रले निरंकुशता विरुद्धको लडाईमा समेत सशक्त भूमिका खेल्दै राष्ट्रिय परिवर्तनमा ठूलो योदान पु¥याउँदै आएको  स्विर्कानुभयो । कानुनविद् समेत रहनुभएका  नेम्वाङले पत्रकारिता पेसालाई मर्या्दित र व्यवस्थित बनाउन सबै पक्षलाई आग्रह गर्नुृभयो ।

नेम्वाङले एक प्रसंगमा भन्नुभयो–‘कुनै व्यक्ति वा संस्थाको टिप्पणी गर्दा गम्भीर भएर सम्वन्धित व्यक्ति, संस्थालाई नै सोधेर समाचार वा विषयवस्तु सम्प्रेषण गर्दा आचारसंहिताको मर्मलाई सहयोग पुग्नेछ,’  । सस्तो लोकप्रियाताका लागि समाचार शीर्षक बनाउँदा आचारसंहिता विपरित कार्य हुने भएकाले गम्भीर भएर सोच्नु पर्ने उहााको भनाई छ ।

प्रमुख अतिथि नेम्वाङले भर्खरै सम्पन्न निर्वाचनबाट संविधानको कार्यान्वयन ठोस अवस्थामा पुगेको र अब कुनै वाधा उत्पन्न नहुने बताउनुभयो । त्यस्तै निर्वाचनसम्बन्धी औपचारिक रुपमा राष्ट्रपतिकहाँ कुनै जानकारी नपुगेकाले सरकार गठन प्रक्रियामा ढिलाई भएको जिकिर गर्नुभयो । 

पुस ५ गते विहान एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेम्वाङ आफु राष्ट्रपतिसँग भेटघाट गरेको जानकारी दिँदै अब मुलुकले छिट्टै सरकार पाउने दावी गर्नुृभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौलागाँइले आचारसंहिता परिपालनाले मात्र व्यवसायिक पत्रकारिताको विकास हुने बताउनुभयो । कार्यक्रममा काउन्सिलका सदस्य इश्वरी ओझाले पत्रकारहरु गम्भिर भएर आचारसंहिता परिपालनामा जोड दिनुपर्ने बताउनुभयो । 

त्यस्तै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र प्रेस काउन्सिलले गरेका गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकारको अधिकार सुरक्षा, चुनौतीका साथै आफ्नो जिम्मेवारी तथा दायित्व बारे स्पष्ट पार्नुभयो । 

उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक विरबहादुर राईले समग्र पत्रकारिता जगतबाट समाज र राष्ट्रको हितका निम्ति लाग्नुपर्ने बताउनुभयो । स्वच्छ,सफा, मर्या्दित र व्यवस्थित व्यवसायिक पत्रकारितातर्फ उन्मुख हुनुपर्ने राईले औल्याउनुभयो । 

त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा अझ शसक्त रुपमा लाग्न सञ्चारकर्मीहरुलाई आग्रह गर्दै पत्रकार हकहित र अधिकारको नीतिगत विषयमा आफू सधै प्रतिवद्ध भई लागिपरेको धारणा राख्नुभयो ।

बिडारीको अध्यक्षतामा  सम्पन्न सो कार्यक्रममा काउन्सिलका सदस्य शुदर्शन आचार्य, नेपाल पत्रकार महासंघका पूर्व सचिव ध्रुव लम्साल, केन्द्रीय सदस्यद्धोय जन्मदेव जैसी, नकुल अर्याल, लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाजका अध्यक्ष दामोदर दवाडी,  महासंघका लेखा समिति सदस्य भूपेन्द्र आचार्य, पुर्व केन्द्रीय सदस्य रामहरि सिलवाल, वरिष्ठ पत्रकारहरु पद्मभक्त खरेल, चक्रपाणी नेपाल लगायतको सहभागिता थियो । 

कार्यक्रममा अध्यक्ष बिडारीले आचार संहिता कार्यान्वन र पत्रपत्रिका वर्गिकरणमा ध्यान पु¥याउनुपर्ने विषय उठाँउदै साना लगानीका मिडीया प्रवद्धनका लागि अवधारण पत्र राख्नुभएको थियो । 

सो अन्तरक्रियामा  पत्रकारहरु विजय विस्फोट, तेजेन्द्र प्रसाँइ, भावना विद्रोही, नुतनधर शर्मा, देबेन्द्र चुँडाल र बुद्ध योन्जनले आ आफ्नो धारणा राखेका थिए । 

शाखा सचिव मोहन पन्तले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखाको दशौं अधिवेशनबाट निर्वाचित प्रदेश पार्षदहरुलाई महासंघ केन्द्रीय सदस्य तथा काउन्सिल सदस्य गोबिन्दप्रसाद चौलागाँइले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न साना लगानीका सञ्चार माध्यमले पाउनु पर्ने राज्य निकायको सुविधा तथा पत्रकार हकहितका विषयमा वृहत छलफल भएको थियो ।

कार्यक्रममा सहभागिहरुले साना लगानीका मिडियाले पाउनुपर्ने सुविधामा बढोत्तरी गर्न आग्रह गरेका थिए ।काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता तथा सचिव मोहन पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा २५१ जना पत्रकार सहभागी थिए ।







0 comments

Write Down Your Responses