Powered by Blogger.
ख्रीष्टमश उत्सव ‘क्रिसमश डे’ मकवानपुरमा यसरी मनाईयो

Image may contain: 4 people, people sitting and crowd
इमाउश ख्रिष्ट्रिय मण्डली परिवार ,थाहानगरपालिका ११ वज्रवाराहि कुञ्छाल मकवानपुरले आयोजना गरिएको क्रिसमसको तस्विर
मकवानपुर / संसारका मुक्तिदाता येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमश उत्सव ‘क्रिसमश डे’ ईसाई धर्मालम्बीहरुले आज धुमधामका साथ मनाएका छन् ।
Image may contain: 3 people, people standing and crowd
हरेक वर्ष २५ डिसेम्बरको दिन मनाइने यो पर्वमा शुभकामना तथा उपहार साटासाट गर्री मनाउने गरिन्छ ।
Image may contain: 1 person, on stage, standing and indoor
इमाउश ख्रिष्ट्रिय मण्डली परिवारले आयोजना गरिएको क्रिसमस महोत्सवमा मन्तव्य राख्दै थाहानगरपालिका मेयर लवसेर विष्ट
 ईसाईधर्मका प्रणेता येशू ख्रीष्टको जन्म दिनको अवसर पारेर २ हजार १० बर्षदेखि यो पर्व मनाउन थालिएको हा ।
येशु ख्रिष्टको जन्म कुमारी आमा मेरीयमको कोखबाट २५ डिसेम्बरमा भएको थियो । इजरायल स्थित जेरुसेलमको वेथलहेम शहरमा उनको जन्म भएको थियो ।

ईसाई धर्मालम्बीहरु उनको जन्म दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् । यस अवसरमा ईसाईहरुको मण्डली भवनमा क्रिष्टमस ट्रि बनाई सजाउने, घरघरमा बत्ति बाल्ने, घर तथा पसललाई विशेष तरिकाले सझाउने गरिएको छ ।

क्रिसमशको अवसरमा पारिवारिक भेटघाट गर्ने तथा एक आपसमा शुभकामना आदानप्रदान गर्ने र उपहार आदानप्रदान गर्ने समेत गरिएको छ । क्रिसमशकै अवसरमा हेटौंडाका पसलहरु सपिङ मल, होटल तथा क्याफेहरु सिंगारिएका छन् । सरकारले  सार्वजनिक बिदा समेत दिएको थियो ।

 क्रिसमशको अवसरमा  जनप्रतिनिधि सम्मानित 
मकवानपुरको गढि गाउँपालिकामा रहेको हार्भेष्ट बाइबल च्यापलले क्रिसमशको अवसरमा  जन प्रतिनिधिहरुलाई सम्मान गरेको छ । गढि गाउँपालिका प्रमुख विदुर हुँमागाई, गढि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जित बहादुर घिमिरे, कला र संस्कृतिलाई संरक्षण गर्न तर्फ योगदान पुर्याउनुको साथै चर्चको लागि बजेट छुट्याएका भन्दै वडा नम्बर ६ का टिका प्रसाद दाहाल, समाचारको माध्यामबाट मण्डलीलाई सहयोग गरेको भन्दै दामन पोष्ट=डट कम का विषेश सम्वाददाता रुपक कालिराज, समाज सेवि दुव प्रसाद खतिवडा, स्थापना काल देखि हाल सम्म मण्डलीमा गरेको योगदानको कदर गर्दै चन्द्र बहादुर स्याङतान लाई सम्मान गरेको हार्भेष्ट बाइबल च्यापलका पास्टर कदार बजगाइले बताए । 

कालिराज सम्मानित 
संसारका मुक्तिदाता येशू ख्रीष्टको जन्मोत्सव क्रिसमस उत्सवको अवसरमा दानम पोष्टका विशेष सम्वाददाता रुपक कालिराज गढिमा सम्मानित हभएका छन ।
Image may contain: 2 people, people standing, people on stage, hat and indoor
 मकवानपुरको हेटौडामा रहि इसाई धर्मालब्मीहरुको कार्यक्रम देखि विभिन्न गतिविधिहरु समाचारको माध्यामबाट उजागर गर्नुको साथै हार्भेष्ट बाइबल च्यापल मण्डलीले गरेका हरेक गतिविधिहरुमा साथ सहयोग गरेको भन्दै हार्भेष्ट बाईबल च्यासलले आज सम्मान गरेको हो । गढि गाउँपालका वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहाल र पास्टर केदार वजगाइको हातबाट सम्मान प्रत्र प्रदान गरिएको हो । उहाँले सम्मानपत्र ग्रहण गर्दै कालिराजले यस सम्मानले अझ ईसाई जगतमा कलम चलाउनको लागि हौसल्ला मिलेको बताएका थिए भने सम्मानको कदर गर्दैृ आगामी दिनमा पनि साथ सहयोग रहने बताए ।

0 comments

Write Down Your Responses