Powered by Blogger.
नक्कली सम्पदाप्रेमीले अनावश्यक दुःख दिएको महर्जन कम्प्लेक्सका मालिकको दावी


काठमाडौँ ।  हनुमानढोका दरवार क्षेत्रमा रहेको क्रिस्टल भवन भएको स्थानमा निर्माणाधिन महर्जन कम्प्लेक्स मापदण्ड विपरीत भएको भन्दै स्थानीय र सम्पदाप्रेमीको नाममा केहीले अवरोध गरिरहेका बेला सो कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले भने आफूले मापदण्ड अनुसार नै निर्माण गरेको दाबी गरेका छन् । 

‘हामीले २०७२ फागुनमा कामाठमाडौँ महानगरपालिका वडा नम्बर २५ हालको २४ वडामा रहेको पुरानो होटल क्रिष्टल रहेको घरजग्गा खरिद गरी २०७३ आश्विनमा कामनपाबाट ४ तल्लाको भवनको नक्शा पास गरी नयाँ सम्पदामैत्री भवन बनाउने प्रक्रिया शुरु गरेका हौँ, महर्जनले भने, ‘तर, आफूलाई सम्पदाप्रेमी हुँ भन्ने केही नक्कली सम्पदाप्रेमीहरुले विश्वसम्पदा सूचीको हनुमानढोका दरबारछेउमा मापदण्डविपरीत बनेको व्यवसायिक भवन भनी विभिन्न वाहनामा भवन निर्माणमा अवरोध गर्दै आएका छन् ।’

महर्जनले पुरानो ८ तल्लाको अग्लो होटल क्रिस्टल भत्काएर आफूहरुले ४ तले भवन निर्माण गरेको पनि जानकारी दिए ।  ‘४० प्रतिशत बीचमा भ्वाइड र सर्कुलेशन पाथ छाडेर भवन निर्माण गरिरहेका छौँ,’ महर्जनले भने, ‘अहिले स्थानीय गणपतिलाल श्रेष्ठलगायतका केहीले सो कम्प्लेक्स मापदण्ड विपरीत निर्माण भएको भन्दै अवरोध गरिरहेका छन् । तर, हामीले काठमाडौँ महानगरपालिकाबाट नक्शापास गरी मापदण्ड अनुसार नै निर्माण गरेका छौँ ।’ 

उनले पुरातत्व विभागको पनि मापदण्ड अनुसार नै भवन निर्माण गरेको दाबी गरे । ‘हनुमान ढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एंव मापदण्ड २०६४’ नेपाल सरकार संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रालय पुरातत्व विभागको को ४.४.२ दफा पुराना घरहरुको उचाई ३५ फिट भन्दा बढी रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण गर्दा साविकको उचाइलाई कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइने छ भन्ने उल्लेख छ,’ महर्जनले भने, ‘पुरानो क्रिष्टल होटलको नक्शापास उचाई ५३ फिट ३ इञ्च रहेको छ । सो पुरानो भवनको नक्शापास पनि हामीसँग सुरक्षित छ । यो कम्प्लेक्स चार तलाको निर्माण सम्पन्न हुँदा ४२ फिट मात्र हुन्छ । त्यसैले हामीले यो मापदण्ड पनि पूरा गरेका छौँ ।’

उनले विं. सं. २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पबाट हुन गएको मानवीय क्षतिलाई समेत दृष्टिगत गरी भूकम्प प्रतिरोधात्मक र ‘सेफ्टी फस्र्ट’को अवधारणा र प्राविधिकहरुको स्ट्रक्चरल एनालाइसिसबाट आएको सुझाव अनुसार नै बनाउन प्रत्येक तल्लामा २ फिटको वीम राख्नु परेको बाध्यात्मक अवस्था र सोही बमोजिम प्रत्येक तलाको उचाई २ फिट बढ्न गई भवनको उचाई ४२ फिट हुन जाने देखिएको जानकारी पनि दिए । 

यता गणपतिलाल लगायतका केहीले सो कम्प्लेक्स ‘वल्र्ड हेरिटेज पोपर्टी’को रेखा भित्र रहेको र सम्पदा मिच्ने काम भएको आरोप लगाउँदै आएका छन् । तर, महर्जन भने त्यो पनि असत्य भएको दाबी गर्छन । ‘युनेस्कोेले सन् २०१७ डिसेम्वर २२ मा हामीले निर्माण गरेको भवन (कोर जोन) बाहिर अर्थात वल्र्ड हेरिटेज पोपर्टीको रेखा बाहिर पर्ने भनी सम्पदामैत्री भवन र नो अब्जेशन लेटर पत्र दिइएको छ,’ उनले भने, ‘तर, केही नक्कली सम्पदाविद्हरुले हनुमान ढोका दरबारको संरक्षित क्षेत्र ‘पोपर्टी जोन’मा भवन निर्माण भएको भनि भ्रमित पार्ने काम गरेका छन् ।’

महर्जनले संरक्षित क्षेत्र अन्तर्रगत पर्ने विशालबजार लाइनको शुक्रपथ हुँदै इन्द्रचोकबाट मखन हुँदै मरु गणेश अनि भिमसेनस्थान हुँदै झोँछेँ, बसन्तपुर, दमकलको पछाडिको भाग र भूगोलपार्कसम्म प्राय सबै घरहरु ३५ फिट भन्दा बढी रहेको भन्दै ती कुनै पनि घरप्रति ध्यान नदिई एकोहोरो आफूहरुलाई मात्र दुःख दिएको पनि आरोप लगाए ।  

निर्माणधिन विजनेश कम्प्लेक्समा ६० वटा पसलसहित १ हजार बढीलाई रोजगारी दिने योजना बनाएको पनि महर्जनले जानकारी दिए ।  उनले निवास वरपर कहिले पुत्लादहन गर्ने, कहिले हुलहुज्जत गरी आतंक फैलाउने जस्ता कार्यले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासनमा सुरक्षाको माग गर्दै निवेदन दिएको पनि जानकारी गराए । ‘हामीले मापदण्ड विपरीत निर्माण गरेको भए सम्वन्धित निकायले हेर्ने हो,’ उनले भने, ‘तर, केहीले कमाई खाने भाँडो बनाएर गरेका गतिविधिले हामीलाई मर्माहत बनाएको छ ।’ 

भवन निर्माणको विरोध गर्दै आएका गणपतिलाल भने युनिस्कोले फरक–फरक पत्र दिएको भन्दै भवन मापदण्ड विपरीत भएको दाबी गरे । उनले अख्तियार जाने चेतावनी दिए ।  

0 comments

Write Down Your Responses