Powered by Blogger.
मेडिकल सोसाईटीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण


काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमा आश्रय लिइरहेका ४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरिएको छ । 

यही माघ १३ गते शनिबार युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना  फिजियोथेरापिष्ट सहित संस्थाकै कार्यलयमा पुगेर निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । 

संस्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय पाइरहेका छन् ।  सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार बितरण समेत गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।

डा.रमनका अनुसार संस्थामा  उचित खानेपानीको ब्यबस्थापन नहुदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको छ । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए ।

उनका अनुसार संस्थाम आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ । डा. रमनले अगामि दिनमा थप चिकित्स लिएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।  

सडकमा अलपत्र परेका, अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए ।

थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण भइरहेको छ ।  थापा आफै पनि शारिरिक अपाङ्ग हुन् । ‘यहाँ आश्रय लिईरहेका ब्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा धन्यवाद छ । ’ अध्यक्ष थापाले आभार ब्यक्त गरे । 

‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्थाले यस अघि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थियो ।  

संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताईन् । 

२०७४ सालमा स्थापना भएको युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्ने जनाएको छ । 



0 comments

Write Down Your Responses