Powered by Blogger.
सशत्र प्रहरीको १२ हप्ते तालिम उद्धघाटन


नुवाकोट । नुवाकोटस्थित सशस्त्र प्रहरी वल संयुक्त राष्टसंघीय शान्ति मिसन तालिम केन्द्रले सि.सं. दुईसय सत्तरी विल्लादार वेशिक तालिमको पहिलो प्रवचन (ओपेनिङ्ग सेरेमोनी) सम्पन्न गरेको छ । 

उक्त तालिम मानवश्रोत विकास विभाग सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको अनुसार एपीएफ, युएन, पीटीसी, सशस्त्र प्रहरी बल नेपाल यू.एन शान्तिस्थापना तालिम केन्द्र ककनी¸नुवाकोटमा संचालन भएको थियो ।

उक्त तालिममा, तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यले उद्धघाटन गरेका थिए । 

तालिम उदघाटन कार्यक्रममा तालिम सम्बन्धी कार्य योजना सशस्त्र प्रहरी निरीक्षक सुरेश महर्जनले प्रस्तुत गरेका थिए भने उक्त तालिममा सहभागीहरुलाई सशस्त्र प्रहरी निरीक्षक सुभाष खड्काले धन्यवाद दिएका थिए ।

सशस्त्र प्रहरी जवानहरुलाई बढुवा हुनको लागि अनिवार्य १२ हप्ता अवधीको यस तालिममा विभिन्न सशस्त्र प्रहरी युनिटहरुबाट महिला १३ र पुरुष ३७ गरी जम्मा ५० जना प्रशिक्षार्थीहरु समावेश भएका थिए ।




0 comments

Write Down Your Responses