Powered by Blogger.
फोहोर व्यवस्थानमा क्रान्तिकारी पत्रकार


काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ पछिल्लो समय सामाजिक राजनीतिक परिवर्तनका पक्षमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै अघि बढेको छ । 

सबै खाले  प्रदुषण हटाउनका लागि कलमजिविहरु नै अग्रसर हुनुपर्ने भन्दै क्रान्तिकारी पत्रकार महासंघले देशव्यापी रुपमा अन्तरक्रिया, बहस लगायत विभिन्न खालका कार्यक्रमहरु संचालन गरिरहेको जनाएको छ । 

क्रान्तिकारी पत्रकार महासंघ बर्दिया शाखाको सोमवार सम्पन्न बैठकले समाजमा व्यप्त राजनीतिक सामाजिक लगायतका प्रदुषणहरु हटाउनमा सचेतना फैलाउने र सम्बधित निकायलाई जिम्मेवार बनाउने उदेश्यले त्यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

क्रान्तिकारी पत्रकार महासंघ बर्दियाको बैठकले पछिल्लो समयमा जनतामा राजनीति प्रति बितृष्णा बढेको निष्कर्ष निकाल्दै सम्बन्धित पक्षलाई सचेत बनाउन त्यस्ता खालका कार्यक्रमहरु संचालन गर्न लागेको जनाएको छ ।

महासंघया बर्दियाका अध्यक्ष आयुष न्यौपानेको अध्यक्षता तथा संगठनका कार्यालय सदस्य लोकराज जैशी र पार्टी डिसीएस दुर्गादेवी खत्रीको विशेष अतिथ्यतामा सम्पन्न उक्त बैठकले समाज निर्माणका पक्षमा जनपक्षीय मिडियाहरुले अहम भूमिका खेल्नु पर्ने र त्यसका लागि बहस अन्तरक्रिया लगायत थप संघर्षका कार्यक्रम चलाउनु पर्ने निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी पत्रकार महासंघले पार्टीद्वारा संचालन गरिएको तिन महिने संगठन निर्माण तथा जन परिचालन अभियानमा अहम भूमिका खेल्नु पर्नेमा जोड दिदै संगठनका केन्द्रिय अध्यक्ष ईन्द्र रावतले जनपक्षीय रुपमा समाचार लेख्न निर्देशन दिएका छन् ।

महासंघ बर्दियाले गरेका निर्णयहरु यस्ता छन् ।

१, समाज रुपान्तरणका लागि गरिएका सबै आन्दोलनहरुमा उच्च सहादत प्राप्त गर्ने शहिदहरुले देखेको बाटोमा हिड्ने, श्रदान्जली गर्ने 

२, महान तथा गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले केन्द्र देखि स्थानिय तह सम्म संचालन गरेको तिन महिने संगठन निर्माण तथा जनपरिचालन अभियानलाई पत्रकारिताको क्षेत्रबाट पुर्ण रुपमा सघाउने, कार्यक्रममा उचित भूमिका खेल्ने ।

३, संगठनका केहि सदस्यहरु सरकारी सेवामा प्रवेश गरेकाले उहाँको माग अनुसार पत्रकार संगठनबाट बिदाइ गरियो साथै उहाँलाई पार्टीका पेशागत संगठनमा जोडिने विषयमा सम्पर्क गर्ने 

४, पछिल्लो अवस्थामा संसदीय राजनीतिक दल र तिनका नेताहरुले जनतालाई भ्रम र झुटका खेति गरेकाले, त्यस्ता खाले सबै राजनीतिक सामाजिक , भ्रष्टाचारजन्य आर्थिक प्रदुषणहरु हटाउदै सभ्य र समानताको सामाज निर्माणका लागि सबै फोहरलाई डस्टविनमा व्यवस्थापन गर्ने खालको (सांकेतिक ) काम गर्ने निर्णय गरेको छ । 

उक्त कार्यक्रम अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका र बजार उद्योग संघ संग समन्वयन गरि केहि स्थानमा संगठनको नाम लेखिएका फोहोर राख्ने डस्टविनको व्यवस्था गर्ने निर्णय गरेको छ ।

– दुर्गाप्रसाद बजगाईं, बर्दिया

0 comments

Write Down Your Responses