Powered by Blogger.
बंशगोपालको अर्धबार्षिक समिक्षा एंब रक्तदाताहरुलाई प्रमाणपत्र बितरण

रुपा गुरुङ
माघ १६, हेटौंडा । हेटौंडा १८ हर्नामाडिमा रहेको बंशगोपाल बचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा एंब रक्तदाताहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम आज सम्पन्न भएको छ । आज संस्थाको कार्यलय परिसरमा सम्पन्न कार्यक्रममा संस्थाको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग पुर्याउने ४९ जना रक्तदातालाई प्रमाणपत्रसहित सम्मन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नुर प्रसाद गौतम, संस्थाका अध्यक्ष अरुणकुमार खतिवडाले रक्तदातालाई प्रमाणपत्र बितरण गर्नुभएको हो । सहकारिको स्थापना दिवसको अवसरमा २०७३ र ७४ पुस १५ गते आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । गतबर्ष १८ र यसबर्ष ३१ जनाले रक्तदान गरेका थिए । 
कार्यकममा बोल्दै प्रमुख अतिथि बद्री लम्सालले शिप र प्रबिधि सहकारी मार्फत सदस्यमा पुर्याउन आबश्यक रहेको बताउनुभयो । सहकारीबाट ऋण तथा बचतको मात्र कारोबार हुदा त्यसले सशक्तीकरण र आत्मनिर्भरतामा समस्या भएको भन्दै अब हरेक सहकारीले उत्पादनमुलक कार्यमा सदस्यलाई सहभागिता गराई सीप र प्रबिधियुक्त बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नुरप्रसाद गौतमले बचत गर्ने बानीको बिकाश गर्न सुझाब दिनुभयो । कार्यक्रममा ज्योती माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्क रम्तेल,साना किशान कृषि सहकारी हर्नामाडिका अध्यक्ष रेखा खतिवडा,ज्योती सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष रामबाबु खतिवडाले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।

 कार्यक्रममा संस्थाका अध्यक्ष अरुणकुमार खतिवडाले संस्थाको गतिबिधी, सचिव बरुण खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष ईमान बहादुर थापाले २०७४ साउनदेखी पुससम्मको आर्थिक बिबरण प्रस्तुत गर्नुभएको थियो ।

यसैबिच बंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले करिब २० लाखको लागतमा सभाहल निर्माण गर्ने भएको छ । विभिन्न सामजिक संघ संस्थाको कार्यकम संचालन गर्न सहज पुग्ने उद्देश्यले एक हजार जनाभन्दाबढी अट्ने क्षमताको सभाहल निर्माण गर्न लागिएको हो । सभाहल निर्माणका लागि पांच/पांच सदस्यिय निर्माण समिति र अनुग्मन समिती गठन गरिएको छ ।

 संस्थाका अध्यक्ष अरुणकुमार खतिवडाको संयोजकत्वमा रहेको निर्माण समितिका सदस्यहरुमा सचिब ईमान बहादुर थापा,भरत परियार, शुभद्रा श्रेष्ठ र सीता शर्मा रहनुभएको छ । यस्तै अनुगमन समितिमा सचिब बरुण खतिवडाको संयोजकत्व रहनेगरी पुरुषोत्तम आचार्य , चन्द्रकुमारी ढुंगाना, बद्रीनाथ अधिकारी ,प्रेम बराल सदस्य रहेका छन । संस्थाको जगेडा कोष र थप संस्थाको आम्दानीबाट सभाहल निर्माण गर्न लागिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses