Powered by Blogger.
टोखालाई सांस्कृतिक पर्यटन नगरिको रुपमा विकास गर्छौः पोखरेल


काठमाडौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले टोखालाई सांस्कृतिक र पर्यटन नगरिको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।

टोखा संस्कृति सम्पदा संरक्षण दबूले आयोजना आयोजना गरेको ‘टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन विकास सम्बन्धि’ वृहत्त अन्तरक्रिया कार्यक्रममा उहाँले टोखाको पहिचान संस्कृति रहेकोले सांस्कृतिक पर्यटन नगरिको रुपमा विकास गर्नुपर्नेमा जोड बताउनु भयो ।

त्यस क्षेत्रका प्रतिनिधिसभाका सदस्य समेत रहेका महासचिव पोखरेलले टोखामा रहेका सांस्कृतिक सम्पदा संरक्षण गर्नमा आफूले पहल गर्ने बताउनुभयो । उहाँले टोखालाई धार्मिक सर्किटका रुपमा विकास गर्न प्रतिवद्धता समेत व्यक्त गर्दै ५ बर्षमा टोखाको विकासको मुहार फेरिने बताउनुभयो । ‘टोखामा रहेका धार्मिक सम्पदाको रक्षा गर्नका लागि स्थानीयको एउटै बोलि चाहिन्छ’ उहाँले भन्नुभयो–‘एउटै बोलि भएपछि टोखाको विकास गर्न कुनै समस्या छैन । त्यसको जिम्मा म लिन्छु ।’

महासचिव पोखरेलले टोखाको पहिचानको रक्षा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा प्रदेश सभाका सांसद दिपक निरौलाले टोखाको विकासका लागि टोखावासी आफै लाग्नुपर्ने बताउनु भयो । उहाँले टोखालाई अन्य नगरपालिकासंग जोड्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको मौलिकताको नगरि रहेको रुपमा रहेको उल्लेख गदै मौलिकता मास्न नदिने बताउनु भयो । उहाँले गुरुयोजना निर्माण गरेर टोखाका रहेका सम्पदाको संरक्षण गर्ने बताउनु भयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखा आफैमा सम्पदाको नगरि भएकोले यसको वस्तुकलालाई संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले भूकम्पपछि ध्वस्त भएका टोखाका सम्पदाको पुननिर्माण गर्नका लागि विभागले सक्रियतका साथ लागिरहेको बताउनु भयो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले टोखालाई पर्यटकिय नगरीको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोडदिनुपर्ने बताउनुभयो । 

उहाँले होमस्टे मार्फत पनि पर्यटक आकर्षित गर्ने सकिने धारणा राख्दै एमालेले त्यसका निम्ती नीति, संरचना, अभियान र पैरवी सवै हिसावले सद्धैव सहयोग गर्ने तयार रहेको बताउनुभयो । उहाँले सास्कृतिक चाडपर्वलाई सामाजिक कार्यमात्र नभई आर्थिक उपार्जनको लागि गरिनुपर्ने धारणा राख्नु भयो । 

उपत्यकाका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले टोखाका मौलिक सम्पदा नाश हुदै गएको भन्दै त्यसको संरक्षणका लागि स्थानीयबासीले अग्रसरता देखाउनु पर्ने बताउनु भयो । 

कार्यक्रममा दबूका अध्यक्ष मनिराज डंगोलले कार्यपत्र प्रस्तुत गदै टोखाको मौलिक सस्कृति सम्पदा संरक्षण प्रवद्र्धन तथा पर्यटन विकासका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses