Powered by Blogger.
आफ्नै सामुदायिक वनको अध्यक्षमा खड्का सर्वसम्मत


हेटौंडा । आफनै सामुदायिक वन उपभोक्ता समूह भिमफेदी गाँउ पालिका वडा नम्बर २ को अध्यक्षमा संग्राम खड्का निर्वाचित भएका छन् । भिमफेदीमा शनिबार सम्पन्न समुहको भेलाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 

यसैगरी  समुहको उपाध्यक्षमा शुकुमाया प्रजा, सचिबमा आत्मराम बर्तौला, कोषाध्यक्षमा ज्ञानुमाया तामाङ तथा 
सदस्यहरुमा  गिपप्रसाद घिमिरे, सन्तु परियार , अनिलकुमार बर्तौला, हरिकृष्ण खड्का र ज्ञानबहादुर.पाख्रिन चयन भएका छन् । समुहको कार्यावधि ३ वर्ष रहनेछ ।

नवनिर्वाचित अध्यक्ष खड्का स्थानीय राजनीतिक कार्यकर्ताका साथै समाजसेवी र सबैसंग मिलनसार भएर काम गर्न सक्ने क्षमता राख्छन् ।

उनले आफुलाई सर्वसम्मत रुपमा महत्वपूर्ण जिम्मेवारी सुम्पिएकामा स्थानीयलाई धन्यवाद दिँदै आफु दत्तचित्त भएर वन संरक्षणमा लाग्ने प्रतिवद्धता जनाएका छन् । 

0 comments

Write Down Your Responses