Powered by Blogger.
विद्यालयलाई खुःसीको खबर : फ्रिमा श्रव्यदृश्य सामाग्री मिदास ई–क्लास

मकवानपुर, आईसिटि इन एजुकेसन नेपालले सामुदायिक तथा निजि विद्यालयहरुलाई निःशुल्क मिदास ई–क्लासको सफवेयर प्रदान गर्ने भएको छ । एस.इ.इ परिक्षालाई मध्यनजर गरि मकवानपुर सहित मध्यमाञ्चलका निजि तथा सरकारी विद्यालयहरुलाई कक्षा १ देखि १० सम्मका श्रव्यदृश्य सामाग्री मिदास ई–क्लास तथा सो सञ्चालनको लागि आवश्यक तालिम समेत निःशुल्क प्रदान गर्न लागेको आईसिटि इन एजुकेसन नेपालका कार्यकारी निर्देशक मोहन राउतले जानकारी दिए ।

 यस अफर पौष २० गते देखि माघ ५ गते सम्म रहने छ । आईसिटिले ल्याएको यस अफरलाई क्षेत्रिय शिक्षा कार्यालय मध्यमाञ्चल र जिल्ला शिक्षा कार्यालय मकवानपुरले समेत सबै विद्यालयले अफरलाई सहि सदुप्रयोग गर्न आग्रह समेत गरेको छ । यसै अफरमा एण्टीभाईरस समेत २ सय  मुल्यमा प्रदान गर्नेछ ।

आईसिटिले विगतदेखि नै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याउने अभिप्रायले मुक्तिनाथ विकास वैँक,गरिमा विकास वैँक संगको सहकार्यमा विद्यालयमा अध्यायन गराईरहेका शिक्षकहरुलाई सरल किस्तावन्दिमा ल्यापटप प्रदान गर्दै आईरहेको समेत आईसिटि इन एजुकेसन नेपालका क्षेत्रिय प्रवन्धक सुनिल राउतले बताए । उहाँले यस सेवा प्रयोग गर्नको लागि सबैलाई आग्रह समेत गरेका छन ।

0 comments

Write Down Your Responses