Powered by Blogger.
विकासका काममा अनियमिता होइन पर्दर्शी चाहिन्छ : खतिवडा

थाहानगर  / प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का खतिवडाले विकास गर्नको लागि पाटिगत स्वार्थ भन्दा माथि रहेर काम गर्नको लागि आग्रह गरे । नेपालको संविधानले परिकल्पना गरेको स्थानिय निकायहरु जनताको घरघरमा पुगेको भन्दै गाउँको विकास गर्न जनप्रतिनिहरुको काँधमा ठुलो जिम्मेवारी आएको बताउदै हरेक कार्यमा अनियमिता नगरी पर्दर्शी ढंगले काम गर्नु पर्नेमा जोड दिनु पर्ने बताए ।  टियरफण्डको सहयोग तथा राडो नेपाल, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, बहुआयामिक केन्द्र, र बाल कल्याण समाजको कार्यन्वयन तथा थाहा नगरपालिकाको समन्वयमा भएको पुनर्लाभ, पुनस्थापन, पुननिर्माण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विकासको काममा आर्थिक पक्षमा घर निमार्णमा ढिलाई गर्न नहुने भन्दै सबैलाई चाँडो भन्दा चाँडो घर निमार्ण गर्न पनि उनले सुझाव दिए ।


0 comments

Write Down Your Responses