Powered by Blogger.
श्रीमतीको हत्यापछि फरार रहेका थाहाका स्याङ्तान पक्राउ

मकवानपुर, १५ माघ /  श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् ।  मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ घर भइ हेटौँडाको कर्रामा डेरामा बस्दै आएका ६० वर्षीय रामबहादुर स्याङ्तान पक्राउ परेका हुन् । 

प्रहरीले स्याङ्तानलाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । स्याङ्तानले मंसिर २१ गते राति ४२ वर्षीया पत्नी मीनालाई डेरामै आग्लोले हानेर हत्या गरेका थिए । घटनापछि स्याङ्तान फरार थिए ।

0 comments

Write Down Your Responses