Powered by Blogger.
शिवम् सिमेण्टलाई चेतावनी: उद्याेग बन्द गरिने

सुनील गाैतम
माघ १५ हेटाैडा /  शिवम्  प्रभावित मकवानपुर गढी गाउपालिका बसाेवास संरक्षण समितिले शीवम् सिमेण्टलाई उधाेग बन्द गराउने चेतावनि दिएकाे छ । अाफूहरुसंग भएकाे पूर्व संझाैताप्रति उधाेगले संझाैता उलङ्घन गरेकाे भन्दै यस्ताे चेतावनि दिएकाे समितिका अध्यक्ष कृष्ण प्रसाद चाैलागाईले बताउनुभयाे । शीवम् सिमण्टले सञ्चालनमा ल्याएकाे ढुङ्गाखानीबाट मकवानपुर गढी गाउपालिकाकाे अधिकाशं वस्तिहरु प्रभावित भई जाेखिममा परेपछि गठन भएकाे बसाेवास संरक्षण समिति र उधाेगबीच यसअघि विभिन्न १३ बुदे सहमति भएकाे गाउपालिका वडा नं ६ का अध्यक्ष टीका प्रसाद दहालले जानकारि दिदिनुभयाे । खानीबाट प्रभावित भएका बाढि पीडितलाई राहत बितरण गर्नुपर्ने, विषयगत प्राविधिकले तयार पारेकाे डि पि अार बमाजिम प्रभावितहरुलाई समस्या समाधान गरनुपर्ने, खानी उत्खननका क्रममा निस्किएकाे ग्रेवल लाई सुरक्षित तरिकाले डम्पिङ गर्नुपर्ने, खानी प्रभावित क्षेत्रका कृषकहरुलाई उचित मुअाब्जा सहित स्थानान्तरण गर्नुपर्ने, जाेखिममा परेका बस्तिलाई बिज्ञ प्राविधिककाे डिपिअार बमाेजिम सरक्षण गर्नुपर्ने, खानी र उधाेग सञ्चालन गर्दा उत्पादित धुवा तथा धुलाेलाई उचित ब्यवस्थापन गर्नुपर्ने लगायतका १३ बुदे संझाैता भएपनि उधाेगले संझाैता कार्यान्वयन गर्न अटेर गरेपछि यस्ताे चेावनी दिईकाे सचिव नर बहादुर स्याङ्तानले बताउनुभयाे । एक हप्ताभित्रै अाफुसंग भएकाे संझाैता कार्यान्वयन नगरिए उधाेगले सञ्चालनमा ल्याएकाे खानी, उधाेग र खानि बीचकाे माेटरबाटाे तथा खानि समेत बन्द गरिने अध्यक्ष चाैलागाईले बताउनुभयाे । एकहप्ते अल्टिमेटम पत्र बुझाउने निर्णय गर्दै समितिले उद्याेग र वनका कर्मचारी समेतकाे मिलेमताेमा खानी उत्खनन् गर्दा सरकारी जग्गा समेत जवर्जस्ति कब्जा गरेकाेले तत्काल सम्वन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ । अाफ्ना सकरात्मक मागहरु पूरा गर्न अटेर गर्दै उधाेगले  प्रभावित क्षेत्रमा गुण्डा प्रयाेग गर्ने गरेकाले त्यसाे गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण दुर्घटनाकाे जिम्मा उधाेगले लिनुपर्ने समितिकाे चतावनी पत्रमा उल्लेख छ ।

0 comments

Write Down Your Responses