Powered by Blogger.
स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव सम्पन्न

Image may contain: 9 people, outdoorथाहा  / थाहा  नगरपालिका ९ चित्लाङमा रहेको स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव मंगलबार एक कार्यक्रम बीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिष्णु दाहलले बिद्यालयको नीति तथा कार्यक्रमका साथै आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयमा सञ्चालित विविध अतिरिक्त क्रियाकलापमा बिजयी छात्र छात्राहरुलाई पुरस्कार तथा जेहन्दार छात्र छात्राहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो ।
कार्यक्रमको बिशिष्ट अतिथि त्रिभूवन बिश्व बिद्यालयका पूर्व कन्ट्रोलर कुमार थापा, अतिथिहरुम बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, पूर्व प्रधानाध्यापक बुद्धरत्न मानन्धर, रेडियो आवाजका उपाध्यक्ष राजकुमार केसी, स्थानीय समाजसेवी र चन्दा दाताहरु रहेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै नाटक प्रस्तुत गरेको थिए । शिक्षकहरु जंगबहादुर लामा र मनोज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा बिद्यालयका शिक्षक सञ्जिव नेपालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
हाल बिद्यालयमा कक्षा १ देखि १२ संगै माबि तहमा वन बिज्ञान बिषयको समेत अध्ययन हुँदै आएको  छ ।

0 comments

Write Down Your Responses