Powered by Blogger.
नेविसंघ फरेष्टीद्वारा केन्द्रीय अध्यक्ष महरको स्वागत तथा अन्र्तक्रिया

हेटौंडा, १२ माघ  / नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय ईकाईद्वारा शुक्रबार केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित पदाधिकारीलाई स्वागत एवं अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
ईकाई सभापति प्रकाश तिवारीको सभाध्यक्षता एवं केन्द्रीय अध्यक्ष महरको प्रमूख आतिथ्यतामा भएको स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष महरले देशभर ८० लाख विद्यार्थी पढ्ने शैक्षिक संस्थाहरुप्रति जुनै सरकार आएपनि केही गर्न आरोप लगाउनुभएको छ ।
अब देश संघियतामा गैसकेकाले अब बन्ने स्थायी सरकारले विद्यार्थीहरुलाई सर्टिफिकेट राखेर ऋण दिएर उपयुक्त विषय पढ्ने अधिकार दिनुपर्ने भन्दै कोही पनि विद्यार्थी आफूलाई मन लागेको विषय पढ्नबाट बञ्चित हुने बाताबरण बन्न नहुने बताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा विशेष अथितिहरु नेविसंघ केन्द्रीय उपाध्यक्ष सन्जय यादव, काँग्रेस मकवानपुरका पार्टी कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, अथितिहरु नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, वन विज्ञान अध्ययन संस्थानका कार्यबाहक स्ववियु सभापति सुदिप भट्टराई, टियु केन्द्रीय क्याम्पस समिति सचिव विभव शर्मा, विद्यार्थी केन्द्रीय नेता हिमाङ्क भण्डारी, सन्तोष चापागाई, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण नेता शैलेन्द्र बानियाँ, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ नेता दीपक फुयाँल, मनोज बुर्लाकोटी, प्रतिक विक्रम शाह, दीपेन्द्र ढुंगानालगायतका नेविसंघ जिल्ला नेताहरु तथा बन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नेविसंघ केन्द्रीय अध्यक्ष महरसहित केन्द्रीय पदाधिकारीहरु बीरगंजमा सिमा मिचिएको बारे त्यहाँका स्थानीयसंग अन्र्तक्रिया गरेर फर्कनेक्रममा नेविसंघले हेटौंडामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम राखेको थियो ।

0 comments

Write Down Your Responses