Powered by Blogger.
राप्ती रिभरले उचाल्यो प्रबिना स्मृती प्रतियोगिताको उपाधी


हेटौंडा–३, बसामाडीमा भएको स्वर्गीय प्रबिना जम्कटेल स्मृती जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक राप्ती रिभर फुटबल क्लव जितेको छ । शुक्रबार भएको फाईनल खेलमा राप्ती रिभरले अर्को आयोजक बुद्ध सामाजिक नमुना युवा क्लवलाई १ का बिरुद्ध ० गोल गर्दै बिजयी भएको हो । राप्ती रिभरका कृष्ण रुम्बाले ५८ मिनेटमा निर्णायक गोल गरेका थिए ।
प्रतियोगिताको उपाधीसँगै राप्ती रिभरले २५ हजार रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्र पायो भने दोश्रा भएको बुद्ध सामाजिकले १५ हजार रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाईनल खेलको म्यान अफ दी म्याच भई राप्ती रिभरका प्रशान्त कार्कीले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
बुद्ध सामाजिक नमुना युवा क्लव र राप्ती रिभर फुटबल क्लवले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा २० टिम सहभागी थिए । प्रतियोगिताका अनुशासित टिम हेटौंडा फुटबल एकेडेमी, उत्कृष्ट किपर राप्ती रिभरका अनिल देउला, उत्कृष्ट प्लेयर राप्ती रिभरका अमिर श्रेष्ठ, उत्कृष्ट डिफेण्डर बुद्ध सामाजिक नमुना युवा क्लवका रवि श्रेष्ठ, सर्वाधिक गोलकर्ता राप्ती रिभरका कृष्ण रुम्बा, उत्कृष्ट कोच राप्ती रिभर फुटबल क्लबका रेशम जम्कटेललाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडाशैनीको प्रमुख आतिथ्य, बसामाडी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर घलानको बिशेष आतिथ्य तथा नागरिक वडा मञ्चका अध्यक्ष अरुण सिँह लामा, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य अशोकसुजन श्रेष्ठको आतिथ्य रहेको थियो । कार्यक्रम बुद्ध सामाजिक नमुना युवा क्लबका अध्यक्ष हर्कबहादुर पाख्रिन र राप्ती रिभर फुटबल क्लबका अध्यक्ष रेशम जम्कटेलको संयुक्त अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागी टिमहरु, प्रतियोगिताका रेफ्रिहरु प्रदीप सिंखडा, सविन ढकाल, सुवाश खड्का र सोनाम लामा, सहयोगीदाता, प्रहरी लगाएतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

0 comments

Write Down Your Responses