Powered by Blogger.
आफै असुरक्षित प्रहरीबाट थाहानगरका जनताको सुरक्षा होला भनेर कसरी पत्याउने ?

थाहा नगरपालिका  / जनताको सुरक्षा दिन खटिएका प्रहरी नै पलपल जीवन र मृत्युको दोसाँधमा बसेर ड्युटी गर्न बाध्य हुन्छन् भने त्यस्ता प्रहरीबाट नागरिकको सुरक्षा कसरी हुन सक्ला ? तर थाहा नगरको प्रहरी चौकी सिमभञ्ज्याङ्ग चौकीका प्रहरीको अवस्था भने त्यस्तै देखिएको छ । कारण २०७२ वैशाख १२ गते गएको महा भुकम्पलेले प्रहरी चौकी रहेको भवन भत्किएपछि अस्थाई टहरामा वसेर सेवा दिईरहेका प्रहरीलाई आफ्नो ज्यान बचाउन समेत मुस्किल भएको चौकीका असई प्रहलाद चौधरीले बताए ।

मकवानपुरको उच्च पहाडि थाहानगरको विभिन्न क्षेत्रमा अत्याधिक हिमपात समेत भयो । हिमपात हुँदा शान्तिसुरक्षका लागि खटिएका प्रहरीलाई झन समस्या भएको छ । महा भुकम्प गएको यतिका दिन सम्म प्रहरी चौकी पुर्ननिमार्ण हुन नसक्दाको परिणम सबै भोग्नु परिहरहेको बताए ।

विगतमा त चिसो मात्रै रहेको बताउदै चौधरीले हाल हिउँ परेर जस्तामा भरिएको छ सुत्ने कोठामा समेत हिउँ पक्लेर आउन थालेको बताए । चौकी रहेको भवन भत्किएपछि शान्तिसुरक्षाका लागि खटिनुपर्ने प्रहरी आफै असुरक्षित महसुस गरी टेण्टमै वस्न वाध्य छन । इलाका प्रहरी कार्यालय पालु¨को मातहतमा रहेको बताउदै चौकी पुर्ननिमार्ण हुन नसक्दा २४ सै घण्टा चिसोमा टेण्डमै वसेर सुरक्षा दिईरहेको चौकीका असई चौधरीले बताउछन् ।

सैई चोधरी भन्छन, “राती पानी चुहिने,शीत चुहिने,चिसो हुने समस्या त हामीलाई सामान्य नै भईरहेको थियो अब हिउँ परेका कारण झन आफ्नै सुरक्षा दिन समेत कठिनाई भइरहेकोछ ।” उनले थपे एउटा टेण्डमा ६ जना वस्नु पर्ने वाध्यता रहेको छ यस्तो अबस्था भएपछि प्रहरीको काम गर्ने मनेवलमा नराम्रो असर परिरहेको समेत बताए । अर्का प्रहरी जवानले सुत्ने वेड देखाउदै भने, सितले गर्दा सबै राखेको कपडा भिजिसकेको हुन्छ आगो तापेर रात बित्छ, यस्तो अवस्थामा समेत माथिल्लो निकायले चासो नदेखाएको बताए ।

सैई चौधरीले भने आफुनो सामान राख्ने ठाउँ समेत छैन, एउटै टहरामा कार्यालय राख्ने देखि सुत्ने काम सम्मका सबै कार्यहरु गरिरहनु परिरहेको बताए ।  हिउँ पर्दा आन्तरिक तथा वाह्य पर्यटकहरु हिउँ खेल्न आउनेको संख्य ह्वात्तै वृद्धि भएको बताउदै यस क्षेत्रको व्यवस्थापनमा खटिएका प्रहरीलाई आफ्नो सुरक्षा गर्न समेत कठिनाई भईरहेको प्रहरीको भनाई छ ।

यस चौकीको लागि पुर्ननिमार्ण गर्नको लागि १ लाख रकम छुट्याएको भनिएता पनि हाल सम्म उपलब्ध नभएको बताए । निजामती सेवामा कार्यरत कर्मचारीको भए तत्काल भवन देखि हरेक माग पुरा हुने बताउदै देशको सुरक्षामा खटिएका प्रहरीको समस्यालाई वेवस्ता गरेको प्रति दुख व्यक्त गरे ।

0 comments

Write Down Your Responses