Powered by Blogger.
जनकल्याणको स्वर्ण महोत्सवको सुभारम्भ यसरी भयो ( फोटो फिचर )

थाहानगर ÷ जनकल्याण माविको ५० आंै स्वर्ण महोत्सव सोमबारबाट शुभारम्भ भएको छ । सो बिद्यालयले आफ्नो ५० औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमसहित सोमबारदेखि शुभारम्भ गरेको हो । सो महोत्सव विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तनको सभाध्यक्षता तथा थाहानगरपालिका प्रमुख लवशेर विष्टको प्रमुख आथित्यतामा भएको हो । थाहानगरका प्रमुख विष्टले रुपचन्द्र विष्टले तत्कालिन समयमा रोपेको बिउको फल अहिले प्राप्त भईरहेकाले यसको निरन्तर उपगोगिताका लागि सवै लाग्नु पर्नेमा जोड दिनु भयो । नगरको शिक्षा समिति संयोजक समेत रहनु भएका प्रमूख विष्टले विद्यालयको शैक्षिक, भौतिक र पूर्वाधारको विकास गर्दै राष्ट्र निर्माणमा अब्बल जनशक्ती उत्पादन गराउन सवैले हालेमालो गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । विष्टले मकवानपुर थाहा नगरका सम्पूर्ण विद्यालयमा महिलामैत्री शौचालय हुन आवश्यक रहेको समेत बताउनु भयो ।

विद्यार्थीलाई सहि दिशा तर्फ लाग्नको लागि शिक्षकको मात्रै भुमिका नभई अविभावको महत्वपुर्ण रहेको बताउदै आफ्नो सन्तान प्रति चासो राख्न समेत आग्रह गर्नु भयो ।
विष्टले फरक प्रसंगमा वोल्दै अहिले सबै कामको दोस प्रतिनिधिलाई मात्र दिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उनले भने,’समाज विकासको लागि सबै उत्तिकै जिम्मेवार हुन आवश्यक छ, जनप्रतिनिधिले मात्र गरेन भन्न मिल्दैन।”
विद्यालयका प्राचार्य सानोभाई कार्कीले विद्यालयका प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भावी योजनाको बारेमा बताउनु भएको थियो । झलक चन्द्र कोषका संरक्षक तथा विशिष्ट अतिथि सुवास चन्द्र विष्टले विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान गर्नुपर्ने बताउनु भयो । अर्का विशिष्ट अतिथि तथा विद्यालयबाट प्रथम एसएलसी दिने किरण बहादुर थापाले तीर्थदास श्रेष्ठको योगदानको चर्चा समेत गर्नु भएको यियो । त्यसै गरि पूर्व विद्यार्थी जंगली राजकुमार प्रधानले विद्यालयमा रुपचन्द्र विष्टको शालिक निर्माण गर्नुपर्ने बताए ।
तस्विर सौजन्य : गणेश प्रसाद विष्ट (Ganesh Prasad Bista)


















0 comments

Write Down Your Responses