Powered by Blogger.
तामाङ डाजाङ अब सातै प्रदेशमा


काठमाडौं । दुई दशक देखि तामाङ साहित्यको क्षेत्रमा कार्यरत संस्था  तामाङ डाजाङले आफ्नो संस्थागत संरचनालाइ प्रदेश स्तरमै पुर्याउने निर्णय गरेको छ ।

शनिबार बिशेष साधारण सभा मार्फत यस्तो निर्णय गरेको हो । 

राजधानीमा आयोजित सभामा अध्यक्षको प्रतिवेदनअनुसार बिधान संसोधन मार्फत तामाङ कोषबाट पुरस्कार समेतको ब्यवस्थापन गरिने जानकारी दिइयो । डाजाङले १७१ औं साहित्य शृङ्खला सम्पन्न गरिसकेको छ । 

कार्यक्रममा बिशेष अतिथिका तर्फबाट मन्तव्य राख्दै प्राज्ञ निमाघ्याम्छो बलले भने ‘तामाङ साहित्यमा पनि मदन पुरस्कार सो सरहको राशी को जोहो गर्नु पर्छ । सस्थाका पदाधिकारीले पहल गरेमा मेरो साथ सहयोग रहने छ । ’ प्राज्ञ बलले भने ।



0 comments

Write Down Your Responses