Powered by Blogger.
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लिए सपथ

मकवानपुर / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण समारोहमा पौडलेलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाएकी थिइन्।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सपथ ग्रहण गरेसँगै मुख्यमन्त्री पौडेलले हेटौंडा (११ स्थित सहिद स्मारक पार्क पुगेर सहिदलाई माल्यार्पण गर्नु भएको छ । भने साढे ११ बजे पदबहाली गर्ने कार्यक्रम रहेको प्रमुख सचिव पाण्डेले जानकारी दिए ।

आज सपथ लिएसँग पौडेले संघीय नेपालमा मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन्। बाँकी छ प्रदेशका मुख्यमन्त्री टुंगो लागे पनि कसैले सपथ लिएका छैनन्।

तस्विर : श्रीराम अर्जुन

0 comments

Write Down Your Responses