Powered by Blogger.
मेरो ‘साइज’ र हैसियत के हो भन्ने कुरा मिडीयाले बुझ्दै बुझेन

डोरमणी पौडेल, मुख्यमन्त्री, ३ नम्बर प्रदेश सरकार

हेटौंडा नगरको नेतृत्व गर्दा पनि नमुना नगर बनाइदिनु भयो, अब यो प्रदेशलाई नमुना प्रदेश बनाउने योजना के छन् त ?

हामीसंग १३ वटा जिल्ला छ । हरेकको अलग अलग विशेषता छ । त्यसैले सबै ठाँउमा एउटै कुरा लागु गर्छु भनेर हुँदैन । मुलत आधारभुत कुरा के के हुन् त्यसको पहिचान हुनुप¥यो । आधारभुत कुराहरुबाट कोही पनि बञ्चित हुनु भएन । 

१३ वटै जिल्लालाई एउटै धागोभित्र बाँध्ने काम गरियो भने हाम्रो वनरशीप पनि हुन्छ । त्यसैले १३ वटै जिल्लालाई सबैभन्दा पहिले त रोडको कनेक्टीभिटी गर्नुप¥यो । छोटो दुरी कहाँबाट पर्छ, त्यो अनुसार गर्नुपर्छ । भएका सडकहरुलाई स्तरीकरण र व्यवस्थीत गर्नुपर्छ । 

कहीँ खानी छन्, कहीँ जडिबुटी छन्, कहीँ जलसम्पदा छन्, कहँी पर्यटकीय संभावना छ । कति जिल्लाहरुको सांस्कृतिक सम्पदा बचाउन प्रयत्न गर्नुपर्नेछ । हरेक जिल्लाका आ आफ्ना विशेषतालाई पहिचान गरेर कुन जिल्लामा कुरा फोकस गर्ने, जनतालाई रोजगारी सिर्जना गर्ने, आर्थिक उत्पादनसंग जोड्ने कुराका लागि कुन कुरामा कहाँ के गर्नुपर्छ, त्यसको विस्तृत अध्ययन पछि काम अघि बढ्छ । त्यही सिद्धान्त अनुसार हामी अघि बढीरहेका छौं ।

तपाँइको नेतृत्वको सरकारको प्राथमिकता के के हुनेछ ?

हाम्रो पार्टीको मुल नारा नै समृद्ध नेपाल निर्माण गर्ने र त्यस अन्तर्गतका प्रदेश पनि समृद्ध पार्ने भन्ने हो । हाम्रो प्रदेश विविधतायुक्त छ । यहाँ तराई, पहाड र हिमाल ३ वटै चिज छ । 

यि सबै क्षेत्रमा आआफ्नै विशिष्टता छन् । यि सबै विशिष्टताका बारेमा पहिले अध्ययन गरेर कहाँ, के हुन सक्छ भन्ने कुरा तय गछौं । 

नाराले मात्र समृद्धी हुने होइन । औद्योगिकीकरण गर्नुप¥यो, रोजगारीको सिर्जना गर्नुप¥यो । जब मान्छे सबैले गाँस, बास र कपासको अधिकार पाँउछ, तब मात्र हामीले समृद्धीको कल्पना गर्ने हो । त्यसैले अहिले व्यापक रुपमा औद्योगिककिरणका कुराहरु, निजी क्षेत्रलाई आकर्षीत गर्ने कुराहरु, पर्यटनका क्षेत्रमा विकास गर्ने, कृषियोग्य जमिनहरुलाई जसरी पनि उपयोग गरी कृषीमा मानिसहरुलाई आकर्षित गर्ने, त्यसलाई व्यवसायीकरण र आधुनीकीकरण गर्ने नै समृद्धि ल्याउने हो । 

मुलत अहिले हामीसंग ऐन कानुन केही पनि छैन । प्रदेशको ऐन कानुन नभएको हुनाले पहिलो प्राथमिकता ऐन कानुन बनाउनका लागि दिनुपर्छ ।  

ऐन कानुन बनिसकेपछि हामीले प्राप्त गरेका अधिकार र हाम्रो स्रोत साधनको पहिचान गरी काम गर्नुपर्छ । हामीले कति बजेट पेश गर्ने भन्ने पनि अहिलेसम्म थाहा छैन । त्यसले गर्दा केही समय त अवश्य लिन्छ । 

ऐन कानुनहरु निर्माणहुँदै गएपछि हाम्रो विकास प्रक्रियाले गति लिन्छ । मुलत समृद्धिको दिशातर्फ जाने हो । त्यो समृद्धि प्राप्त गर्नका निम्ति के के गर्ने भन्ने विषयमा हामी मसिनो ढंगले अघि बढ्दैछौं । 

प्रदेश नम्बर ३ को प्रदेश राजधानी हेटौंडाबाट सार्ने हल्ला छ नी ?  

यो राजधानी सर्ने वा नसर्ने कुरा मेरो रुचिका आधारमा हुने होइन । मैले जे भन्यो त्यो हुने पनि होइन । त्यसका निश्चीत विधी र प्रक्रिया संविधानले नै तोकेको छ । 

म हेटौंडाको नागरिकको हैसियतले मैले पनि र हरेक हेटौंडावाशीले प्रदेशको राजधानी हेटौंडा नै होस् भन्ने चाहन्छन् । म पनि चाहन्छु । तर यसको मतलव म एउटा मुख्यमन्त्रीको हैसियतले जर्वजस्ती ढंगले यहाँ राख्नुपर्छ भन्ने मान्यता मेरो होइन ।

विधिवित र प्रक्रियागत रुपमा जहाँ पनि जान सक्छ ।

२ तिहाइ पु¥याएर जता लाँदा पनि त्यसो भए तपाँइको आपत्ति हुन्न हो ?

संविधान भन्दा बाहिर त हाम िकोही पनि जान सक्दैनौं । त्यसैले संविधानले जे कुरा भनेको छ त्यसलाई हामीले स्विकार गर्नुपर्छ । तर व्यक्तिगत धारण भन्नुहुन्छ भने काठमाडौं उपत्यकाभित्र राजधान िजानु हुँदैन भन्ने मेरो २–३ वटा लजिक छ ।

के के हो त्यो तर्क ?

राजधानी उपत्यका बाहिर सार्नुपर्छ भनेर त मैले आज होइन धेरै पहिलेदेखि नै भनेको हो । किनभने हामी अर्वान सेक्टरमा काम गर्ने मान्छेहरु बिसौं वर्ष देखि शहरी विकासका पक्षमा वकालत गर्दै आएका छौं । हाम्रो के भनाइ हो भने काठमाडौंमा यति धेरै जनघनत्व भयो की थेग्न नसक्ने अवस्था छ । 

शहर अव्यवस्थित बनाउने काम भएको छ । प्रदुषणको कुरा गर्नुहुन्छ भने संसारकै शहरहरुमध्ये सातौं नम्बरमा काठमाडौं परिसकेको छ । वातावरणविद्हरुले बस्न अयोग्य छ भनेर घोषणा गरिसकेका छन् । यो अवस्थामा पुगेको काठमाडौंलाई झन् बोझ थप्ने काम गर्नुहुन्न । 

काठमाडौं आधा जनसंख्या उपत्यका बारिह पठाउनुपर्छ । तब मात्र यसलाई व्यवस्थित गर्न सकिन्छ । सबै मान्छे काठमाडौं थुप्रिने र कष्टकर हालतमा काठमाडौंका मान्छे बाँच्नु परिरहेको छ । यहाँका मान्छे त बाहिर हटाउनुपर्छ भनेर अभियान चलायरहेको सन्दर्भमा बाहिर सेटेलाइट सिटीहरु बनाउने, काठमाडौं उपत्यकाबाट बाहिर विकास गर्ने गरियो भने मान्छेको आकर्षण नै त्यहाँ हुदैन । 

विकासका अवशरहरु विस्तारै विभाजन गर्नुप¥यो । तर हाम्रो त्यो चरित्र रहेन । अहिलेसम्म शिक्षा, मेडीकल कलेज, रोजगारको अवसरदेखि सबै कुराको फोकस काठमाडौंमा गर्ने काम भयो । अहिले एउटा सन्दर्भमा प्रदेशको राजधानी हेटौंडा भएकोमा विभिन्न टिका टिप्पणी गरेर फेरी काठमाडौं लान पर्छ भन्ने कुरा तर्कसंगत छैन । 

भक्तपुर वा काभ्रेले माग गरेको छ नी प्रदेश राजधानी हेटौंडा जस्तै ?

काठमाडौं नलाँदाखेरी त्यसका भौतीक पुर्वाधार र अरु विभिन्न नम्र्सहरु हुन्छन् । ति सब्मीट गर्न जरुरी छ । त्यो गर्ने भनेको हेटौंडाले नै हो । त्यसका धेरै लजिकहरु छन् । 

त्यसले गर्दा संभवत हामीले चाहेर–नचाहेर काठमाडौंको विकल्पको रुपमा रहेको नगर हेटौंडाको राजधानीलाई स्थायी गराँउदा नै सबैभन्दा उपयुक्त हुन्छ । किनकी यहाँ भौतीक पुर्वाधारका सबै व्यवस्थापन तयार भइसक्यो । मन्त्रालयका सबै भवनहरु तयार छ । आवासहरु तयार छ । डेकोरेशनहरु भैरहेको छ । प्लोरीङ, फर्निसीङदेखि तमाम कुराहरु भइरहेको छ । फेरी अहिले नै राजधानी सार्ने कुरा गर्ने हो भने हाम्रो समृद्धिको नारा नै ओझेलमा पर्छ । 

मैले यही नगर हुनुपर्छ भने तानेर जर्वजस्ती गर्ने कुरा त होइन । यसलाई प्रक्रियामा लगेर टुङ्ग्याउने हो । तसर्थ राजधनी यताउता सार्ने विषयको अहिले चर्चा गर्नु नै हतार हुन्छ । बेलै भएको छैन । 

तपाँइले मुख्यमन्त्रीसंग प्रदेशको राजधानी साटेको आरोप छ  ?

यो किल्कुल गलत, झुट र वाहियात कुरा हो । यस्ता कुरालाई मैले कल्पना पनि गर्दिन । मैले यो कुरामा बार्गैनिङ गरेर सिएम पाउने पनि होइन । सिएम पाउने कुरा त्यती सजिलो छैन नि ।

 म त धेरै अगाडिदेखि सबै दलका प्रमुख नेताहरुलाई राजधानी हेटौंडा चाहिन्छ भनेर कन्भिन्स गराँउदै हिँडेको मान्छे । अहिले त्यस्ता कुरालाई तोडमोड गरेर राजधानीसंग सिएम साट्यो भन्ने कुरा आफैंमा एउटा कल्पना पनि गर्न नसकिने कुरा हुन् । 

यो मुख्यमन्त्री हुन्छु भन्ने कुरामा तपाँइ आफै. पनि विश्वस्त हुनुहुन्नथ्यो, त्यही भएर केही चर्चा चलेन भन्ने कुरा छ त ?

मुख्यमन्त्री हुने कुरामा म अहिले होइन धेरै अगाडिदेखि विश्वस्त थिँए । अष्टलक्ष्मी शाक्य भनेको हाम्रो आदरणीय नेता र पार्टीको उपाध्यक्ष हुनुहुन्छ । पार्टीको उपाध्यक्षले नै मुख्यमन्त्री हुन्छु भनेर मिडीयामा गइसकेपछि सबै मिडीयालाई स्वभाविक रुपमा उहाँ नै हो भन्ने प¥यो । 

राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यको नामलाई बेजोडसंग मिडीयाले उठायो । उहाँहरु दुइवटाको लडाँइ भएकाले दुईवटा मध्ये एउटा हुने हो भन्ने स्वभाविक रह्यो । मैले त्यतीबेला नै जे प्रपोगण्डा भइरहेको छ त्यो भन्दा फरक हो, मुख्य मन्त्रीको उमेद्वार म पनि हुँ, म जित्न पनि सक्छु अथवा मेरो नाममा सर्वसम्मत हुन पनि सक्छ भनेको थिँए । 

पहिलेदेखि नै हामी चुनावको अभ्यासमा गएको हुनाले यो कुनै ठुलो कुरा पनि होइन । प्रतिश्पर्धामा गएपछि कोही हाछै, कोही जित्छ स्वभाविक हो । त्यसैले यो विषयलायृ अब धेरै उचाल्नु जरुरी छैन । हामी समृद्धीको यात्रातर्फ अघि बढेकाले अब एकले अर्कोलाई सहयोग गेर जानुपर्छ । वादविवाद केही छैन । 



तपाँईलाई आफ्नो गुटबाट अघि बढ्नुपर्छ भनेर नेताहरुले आश्वासन दिनुभएको थियो त  ?

मैले के दावा गरेको थिँए भने मैले जुन एउटा मोडलको रुपमा हेटौंडा नगरपालिकामा मेयर हुँदा काम गरे, त्यहाँ मात्र होइन अन्तराष्ट्रिय स्तरमा पनि धेरै विकासमा मोडलहरु प्रस्तुत गरें । उनीहरुसंग विश्वास जितें । 

तसर्थ सिङ्गो नेपालले चाहेको कुरा के थियो भने म एकपटक भइदियो भने संभवत यो ३ नम्बर प्रदेशको रुपरेखा फेरीन्छ कि भन्ने शदासयता र विश्वास थियो । एकपटक हेर्न पाए हुन्थ्यो भन्ने सबैको चाहना भएकाले त्यो अर्थमा मैले उमेद्वारी दिन्छु भन्ने थियो । सर्वसम्मत त सकेसम्म पार्टीमा सर्वसम्मत नै हुन्छुहोला भन्ने थियो । यो खालको विवाद आउला  वा मेरो विरोधमा आउला भन्ने मैले सोचेकै थिइन ।

 पछि पार्टी उपाध्यक्षले नै उमेद्वारी दिने कुरा मिडीयामा आयो । मैले त्यो बेलामा पनि मिडीयामै भनेको थिँए कि हुने चाँही म नै हो, अहिले जे जे भनेपनि भोलीको उमेद्वार र हुने मुख्यमन्त्री पनि म नै हुँ भनेको थिँए । तर मिडीयाले चाँही यस्तो क्यारी ग¥यो की उपाध्यक्षको मात्र चर्चा ग¥यो तल हेर्दै हेरेन, मेरो साइज र हैसियत के हो भन्ने बुझेन । 

पाटीैको हैसियतमा त म केन्द्रीय कमिटी सदस्य पनि होइन तर अरु हिसावले म कमी हैन । पार्टी पोर्टफोलियोको आधारमा शाक्य र पाण्डेको जति मेरो नाम चर्चामा आएन, नआउँदा नआउदै पनि मलाई के थाहा थियो भने कुनै पनि बेला हुने निर्णयमा यो नै हुन्छ भन्ने थाहा थियो । 

त्यसैले म ढुक्कै थिँए । चुनावपछि आफुभन्दा तल्लो तहको कार्यकर्ताले जितेकोमा उहाँ केही आक्रोशित पनि हुनुभयो । उहाँलाई अलिकति अफ्ठ्यारो पनि फिलीङ भयो । पहिले आक्रोश व्यक्ति गरेपनि अहिले त्यस्तो समस्या छैन । 

पराजयको पिडासंगै उहाँले मिडीयामा ‘अब कसरी चलाउनुहुँदो रहेछ, हेरौला’ पनि भन्नुभएको थियो, कसरी समन्वय भइरहेको छ ?

त्यसपछि हामीले भेटघाट पनि ग¥यौं । छलफल पनि ग¥यौं । उहाँले पनि पराजयको झोकमा त्यो कुरा भन्नुभएको हो । उहाँले मलाई सहयोग गर्ने बचन दिइसक्नुभएको छ । अगाडि बढ्ने कुरामा सरसल्लाह गरेरै जानुपर्छ भन्ने कुरा उहाँले पनि भन्नुभएको छ । अब समस्या छैन ।

प्रदेश सरकारले कहिले पूर्णता पाँउला ?

पूर्णता पाउनका लागि हामीहरु कहाँ कुनै समस्या छैन । प्रदेश प्रमुखको रोहबरमा उहाँले शपथ ग्रहण गराउनुपर्नेमा उहाँ आफ्नो उपचारका लागि भारत जानुभयो ।  १५ गते उहाँ फर्किनुहुन्छ । फर्किने वित्तिकै कुनै वाधा अवरोध विना हामी १७ गते भित्रमा सरकार विस्तार गर्ने काम टुङग्याउछौं ।



0 comments

Write Down Your Responses